रुकुममा नेपाली कांग्रेसको पार्टी कार्यालय विपी स्मृति भवन निर्माणमा तिव्रता

बैशाख १४, रुकुम 

रेखदेख संवाददाता ।  रुकुममा नेपाली कांग्रेसको सुविधान सम्पन्न भवन निर्माणमा कार्यले  तिव्रता पाएको छ । नेपाली कांग्रेस रुकुम पश्चिमले पार्टी प्रशासनिक काम सञ्चालनको लागि  विपी स्मृति भवन निर्माणलाई तिव्रता दिएको हो । २०६३ सालमा करिव ११ लाख रुपैयाँमा घडेरी खरिद गरेको नेपाली कांग्रेस रुकुमले २०७२ सालबाट भवन निर्माणको काम सुरु गरेको थियो । आर्थिक अभावका कारण भवन निर्माणमा केही ढिलाई भएपनि पछिल्लो समयमा भवन निर्माणको कामले तिव्रता पाएको नेपाली कांग्रेसका युवा नेता तथा महाधिवेशन सदस्य खड्क  डाँगीले जानकारी दिएका छन् ।

उनले भने, ‘२०६३ सालमा नेपाली कांग्रेसका सांसद केशरमान रोकाको संसद विकास कोषको रु. ११ लाख रुपैयाँ घडेरी खरिद गरिएको थियो । ’ त्यसपछि संविधान सभा सदस्य मिठ्ठु मल्लको संसद पूर्वाधार विकास कार्यक्रम मार्फत रु. १० रुपैयाँको लागतमा भवन निर्माणको काम सुरु गरिएको डाँगीको भनाई रहेको छ ।

विपी स्मृति भवन निर्माणमा विभिन्न संघ संस्था र व्यक्तिहरुको सहयोग आइरहेको नेपाली कांग्रेस रुकुम पश्चिमका सभापति प्रेमप्रकाश ओलीले जानकारी दिएका छन् ।  उनका अनुसार  भवन निर्माणमा शान्ति तथा पुर्न निर्माण मन्त्रालयको रु. ७ लाख रुपैयाँ, सांसद जीपछिरिङ शर्पाको रु. १ लाख ५५ हजार, नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य टोपबहादुर खड्काको रु. ७० हजार जिन्सी र ३० हजार नगत गरी रु. १ लाख, जिल्ला सदस्य देवबहादुर ओलीको रु ७५ हजार रुपैयाँ बरावरको जिन्सी र मुसीकोट नगरपालिका वडा नं. १२ का वडाध्यक्ष प्रेमबहादर ओलीबाट रु ६० हजार रुपैयाँ बरावरको जिन्सी सहयोग भएको सभापति ओलीले जानकारी दिएका छन् ।

त्यस्तै नपाली कांग्रेस त्रिवेणी गाउँपालिकाका क्रियाशिल सदस्य नवराज ओलीले ६० हजार बराबरको जिन्सी र  नेपाली कांग्रेस रुकुमका ५ हजार क्रियाशिल सदस्यबाट जम्मा रु. एक सय रुपैयाँ बाट जम्मा ५ लाख रुपैयाँ जम्मा गरी हाल सम्म ३७ लाख ५० हजार रुपैयाँ संकलन भई खर्च भएको  नेपाली कांग्रेस रुकुमले जानकारी दिएको छ ।  करिव साढे २ करोड रुपैयाँ लाग्ने उक्त भवन निर्माणका लागि देश तथा विदेशमा रहेका नेपाली कांग्रेस निकटका संघ संस्थालाई आग्रह समेत गरेको छ । विपी स्मृति भवन निर्माणमा सहयोग गर्न नेपाल बैंक लिमिटेड रुकुम शाखाको खाता न ०७७००१००७३०३६५०००००१ र एभरेस्ट बैंक रुकुम पश्चिम शाखा खाता न ०५५००१०५२००२७७ मा सहयोग रकम पठाउन अपिल गरिएको सभापति ओलीले जानकारी दिएका छन् । सभापति ओलीका अनुसार नेपाली कांग्रेस रुकुम पश्चिमले निर्माणधिन  विपी स्मृति भवनमा सभाहल, मिटिङ हल, सभापतिको कार्यकक्ष, पदाधिकारीहरुको कार्यकक्ष, रुकुम जिल्लामै विशेष खालको अतिथि गृह, चमेना गृह लगायत ४ तलाको भवन निर्माण हुने भएको छ । भवनमा भातृ तथा शुभेच्छुक संगठनहरुलाई पनि कार्यालय ब्यवस्थापनका लागि कोठा उपलब्ध गराइने छ  । हाल नेपाली कांग्रेसको पार्टी कार्यालय भाडाको घरमा सञ्चालन हुँदै आएको छ । भवन निर्माण कार्य तिव्रता दिएका कारण  जेठ महिना

२ महिना  भित्र सम्पन्न हुनेछ । भवन निर्माणका लागि जो कसैले पनि इच्छा अनुसार आर्थिक सहयोग गर्न सक्नेछन् । यसरी आर्थिक सहयोग संकलनका लागि पार्टीका सम्पूर्ण कार्यकर्ता परिचालन गरिने बताइएको छ । आर्थिक सहयोग गर्नका लागि स्वदेश तथा विदेशमा रहने सबैमा आह्वान समेत गरिएको नेपाली कांग्रेस रुकुमले जानकारी दिएको छ ।

भवन निर्माणको लागि नेपाली कांग्रेस रुकुम पश्चिमका सभापति प्रेमप्रकाश ओलीको संयोजकत्वमा मुल समिति र कोषाध्यक्ष मोहविर खड्काको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति गठन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *