रुकुम पश्चिममा स्वास्थ्य सुरक्षाबिनै पठनपाठन सुरु
प्रवीर ददेल
मंसिर ८, रुकुम ।
नेपाल सरकारले कोरोना भाईरस कोभिड–१९ बाट बच्न कम्तीमा २ मिटरको दुरी कायम गर्ने, मास्क लगाउने, पटक पटक साबुन पानीले हात धुने, जोखिमपूर्ण अवस्थामा सेनिटाईजरको प्रयोग गर्ने लगायतका स्वास्थ्य सुरक्षा सम्वन्धी मापदण्ड तोकेको छ । यसै मापदण्डभित्र रहेर नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको कार्तिक २० गते स्थानीयतहको समन्वयमा विद्यालय सञ्चालन मापदण्ड जारी गदै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो ।
कोरोना भाईरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले पहिलो पटक गतवर्ष २०७६ चैत्र ११ गतेदेखि लकडाउन घोषणासँगै बन्द भएका विद्यालयहरु त खुले, तर नेपाल सरकारले लागू गरेको स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गर्न सकेका छैनन् ।
भौतिक पूर्वा

धारको अभाव, न्युन शिक्षक दरवन्दी, विद्यालयको आर्थिक अवस्था कमजोरलगायतको कारण देखाउदैँ विद्यालयहरुले स्वास्थ्य सुरक्षा मापदण्ड विनै पठन पाठन सुरु गरेको बताएका छन् ।
मुसीकोट नगरपालिका स्थित खंलगामा रहेको त्रिुभुवन जनता माध्यामिक विद्यालयले स्वास्थ्य सुरक्षा विनै पठनपाठन सुचारु गरेको बताएको छ । विद्यालयका प्रधानाध्यापक हरिप्रसाद खनालका अनुसार विद्यालयको क्षमताले मापदण्ड पुरा गर्न नसकेपछि मापदण्डविनै पठनपाठन सुचारु गरेका हौं । सुरुको हप्तामा विभिन्न फरक फरक समयमा विद्यार्थी उपस्थित बनाएर पढाएपनि विद्यार्थीको चाप, शिक्षक दरवन्दी न्युन, भौतिपूर्वाधारको अभावका कारण विद्यालयमा मापदण्ड पुरा गर्न नसकेको बताए ।
उता त्रिवेणी गाउँपालिका वडा नं. ३ स्थित युवा जागरण माध्यामिक विद्यालयले स्वास्थ्य सुरक्षाको कुनैपनि मापदण्ड पुरा गरेको छैन् । विद्यार्थीहरु, मास्क विनै एउटै कोठोमा झण्डै ८०÷९० जना विद्यार्थीहरु पठनपाठन गरिरहेका छन् । विद्यालयका प्रधानाध्यापक दिपेन्द्रकुमार ओलीले भने, प्रयाप्त कक्षा कोठा नहुँनु, मास्क तथा सिनिटाईजर, साबुन किन्न आर्थिक अभावका कारण विद्यालयले स्वास्थ्य मापदण्ड पुरा गर्न कठिन भएको बताए । उनले भने, ‘स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गर्न स्वय व्यक्ति, अभिभाक सचेत हुनुपर्ने धारणा राखे ।’ त्यस्तै स्थानीय सरकारले पनि स्वास्थ्य मापदण्ड पुरा गर्न आवश्यक बजेट व्यवस्थापन गर्नुपर्ने उनको भनाई रहेको छ ।
मुसीकोट स्थित त्रिभुवन जनता मा.वि. र त्रिवेणी गाउँपालिका स्थित युवा जागरण माध्यामिक विद्यालय मात्रै होईनन् । रुकुम पश्चिमका ६ वटै स्थानीय तहका २७९ सामुदायिक विद्यालय र १३ वटा संस्थागत विद्यालयहरुले नेपाल सरकारले तोकेको मापदण्ड पुरा गर्न सकेका छैनन् ।
विद्यालयहरुले जोखिमपूर्ण तरिकाले पठन पाठन गराईरहेका छन् । जसका कारण विद्यालयमा कोरोनो संक्रमण फैलिन सक्ने भन्दै स्थानीयहरु चिन्तीत बनेका छन् ।
त्रिवेणी गाउँपालिकाका स्थानीय भिमबहादुर खड्काले भने, विद्यालयहरुमा जोखिपूर्ण तरिकाले पठनपाठन सुरु गर्नुले ठुलो स्वास्थ्य संकट निम्तिन सक्ने उनको धारणा रहेको छ ।
विद्यालय खुलेसँगै विद्यार्थीहरु खुसी भएका छन् । स्थानीयतहहरुले सिकाई केन्द्र मार्फत सहजीकरण कार्ययोजना निर्माण गरेर पठान पाठन सञ्चालन गरेको बताएका छन् । सबै विद्यार्थी एकैपटक विद्यालयमा उपस्थित हुँदा ठुलो भिडभाड हुने र जसका कारण कोरोनाको जोखिम उच्च रहने भएकाले पालोपालो बिद्यार्थीलाई विद्यालयमा बोलाएर पढाउने व्यवस्था मिलाएको मुसीकोट नगरपालिकाका नगरप्रमुख देवीलाल गौतमले जानकारी दिएका छन् । उनले भने, कोरोनाको उच्च सर्तक अपनाएर पठन पाठन गरिएको छ । विशेषगरी विद्यालय व्यवस्थापन समिति, विद्यालयका प्रधानाध्यापकहरुको बैठक बसी स्वास्थ्य मापदण्ड अनुरुप विद्यालय सञ्चालन गरेको बताए । हामीले विद्यालयहरुको अनुगमन गर्न पाएका छैनौ, विद्यालयहरुलाई स्वास्थ्य मापदण्ड कार्यन्वय गर्न थप पहल गर्ने नगरप्रमुख गौतमले जनाए । जिल्ला शिक्षा विकास तथा समन्वय ईकाइ प्रमुख ताराप्रसाद पुनले भने, ‘स्वास्थ्य मापदण्ड पुरा गरेको वा नगरेको बारेमा स्थानीय तहले विशेष ध्यान दिनुपर्दछ ।’ कोरोना संकटको बेला विद्यालय सञ्चालन सम्वन्धी कार्यविधीमा स्थानीय सरकारलाई वढी जिम्मेवार बनाएको शिक्षा इकाई प्रमुख पुनले बताए ।
कोरोना कहरसँगै बन्द भएका विद्यालयहरु सबैभन्दा पहिले चौरजहारी नगरपालिकाले असोज ४ गतेबाट सञ्चालन गरेको थियो । भने सबैभन्दा पछाडि त्रिवेणी गाउँपालिकाका विद्यालय कार्तिक ३ गतेबाटसञ्चालनमा ल्याएको छ । कोरोनाको जोखिम अहिले नै कम हुने नदेखिएको र शैक्षिक सत्र घर्किदै गएपछि जिल्लाका स्थानीय तहहरुले विद्यालयहरु खोलेको जनाएका छन् ।

