कर्णालीका १० जिल्लाबाट ७२० उजुरी अख्तियारमा
प्रवीर ददेल
कार्तिक २८,रुकुम ।
कर्णाली प्रदेशका १० जिल्लाका ७ सय २० उजुरी अख्तियारमा परेका छन् । चालू आर्थिक वर्षको असोज मसान्त सम्म अख्तियार दुरुपयोग आयोग सुर्खेतमा परेका ७ सय २० उजुरी मध्ये ९१ उजुरी फच्छ्र्यौट गरिएको छ । भने बाकी ६ सय २९ उजुरी छानविनको क्रममा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिएका छन् ।
गत आर्थिक बर्ष २०७६÷७७ मा कर्णालीका १० जिल्लामा ४ सय ६७ उजुरी परेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सबैभन्दा वढी सुर्खेत जिल्लाका रहेका छन् । कार्यालयका अनुसार सुर्खेत जिल्लाबाट मात्र १४५ उजुरी परेका छन् । जसमध्ये २५ फच्छ्यौृट भएका छन् । भने बाँकी १२५ छानविनको क्रममा रहेको जनाएको छ ।
कर्णाली प्रदेशको १० जिल्लामध्ये कम उजुरी रुकुम पश्चिममा रहेका छन् । रुकुम पश्चिमबाट हाल सम्म ३७ वटा उजुरी अख्तियारमा दर्ता भएका छन् । त्यस्तै डोल्पा जिल्लाबाट ३८ वटा, सल्यान जिल्लाबाट ३९ वटा, मुगु जिल्ला ४२ वटा, हुम्ला ५९ वटा, जुम्ला जिल्लाका ५५ उजुरी अख्तियारमा परेका छन् ।
त्यस्तै जाजरकोट जिल्लाका ८२ वटा, कालिकोट जिल्लाका ९२ वटा, दैलेख जिल्लाका १३१ र सुर्खेत जिल्लाका १४५ रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको तथ्याङ्कले देखाएको छ । चालू आर्थिक वर्षको तीन महिनामा जम्मा ९१ उजुरी फच्छ्र्यौट भएको छन् । जसमा सबैभन्दा वढी सुर्खेत जिल्लाका २५ वटा रहेका छन् । त्यस्तै दैलेख जिल्लाका ३७ वटा, जाजरकोटका १९, कालिकोटका ११ वटा, हुम्लाका ४ वटा, जुम्ला जिल्लाका १२ र रुकुम पश्चिमका १८ उजुरी फच्छ्र्यौट भएका छन् । त्यस्तै कालिकोट जिल्लाका १३, जाजरकोटका ११ वटा, जुम्लाका ६ वटा, रुकुम पश्चिमका ५ वटा र सल्यान जिल्लाका ४ वटा उजुरी फच्छ्र्यौट भएका छन् । त्यस्तै डोल्पा, मुगु र हुम्ला जिल्लाका ३÷३ वटा उजुरी फच्छ्र्याट भएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार संघीय संरचना अनुसार सबैभन्दा वढी स्थानीय तहका उजुरी अख्तियारमा परेका छन् । गत आर्थिक वर्षमा स्थानीय तह संघीय मामिला अन्र्तगत २९२ उजुरी परेका थिए । भने संघीय मन्त्रालय अन्तर्गतका १६८ र प्रदेश सरकार अन्र्तगतका मन्त्रालयका १६६ उजुरी अख्तियारमा परेको जनाएको छ ।
पछिल्लो समय अख्तियारमा उजुरी पर्ने क्रम वढ्दै गएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको तथ्याङ्क अनुसार सबैभन्दा वढी उजुरी बैशाख जेठ, असार र श्रावण महिनामा पर्ने गरेको छ । बिशेषगरी आर्थिक वर्षको अन्त्यमा विकास बजेट खर्च गर्ने र गुणस्तहिन काम हुने भएको कारण वढी उजुरी पर्ने गरेका हुन । त्यस्तै संघीय संरचना अनुसार

रुकुमका स्थानीय विरुद्ध २२ उजुरी
रुकुमका स्थानीय तह विरुद्ध २२ उजुरी अख्तियारमा परेका छन् । चालू आर्थिक वर्ष तीन महिनामा ना (साउन, भदौ र असोज) मसान्त सम्मको अवधिमा २२ उजुरी अख्तियार छानविन हुँदैछ ।
रुकुम पश्चिमका ६ वटा स्थानीय तह विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत कार्यालयमा २२ उजुरी परेको जनाएको छ । कार्यालयका अनुसार सबैभन्दा वढी उजुरी त्रिवेणी गाउँपालिकाको रहेका छन् । त्रिवेणी गाउँपालिकाका ६ वटा उजुरी अख्तियार रहेका छन् । त्यस्तै मुसीकोट नगरपालिका र सानीभेरी गाउँपालिकाको ५÷५ वटा उजुरी रहेका छन् । त्यस्तै चौरजहारी नगरपालिकाको ४ वटा, र आठविसकोट र बाँपmीकोट गाउँपालिकाको १÷१ वटा उजुरी छानविनको क्रममा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिएका छन् ।

