महिला स्वास्थ्य स्वयमसेबिकालाई स्वास्थ्य सामाग्री वितरण
रेखदेख संवाददाता ।
रुकुम पूर्व र पश्चिमका महिला स्वास्थ्य स्वयमसेविकालाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ । रुकुमेली समाज बिकास केन्द्र रुकुम पश्चिमद्धारा संचालित सुआहारा कार्यक्रमले रुकुम पूर्वका ३ वटा स्थानीय तह र रुकुम पश्चिमका ६ बटा स्थानिय तह गरी ९ वटा स्थानीय तहमा कार्यरत महिला स्वास्थ्य स्वयमसेविकालाई स्वास्थ्य सामाग्रीहरु वितरण गरीको रुकुमेली समाज विकास केन्द्रका अध्यक्ष नरबहादुर नेपालीले बताए ।
उनले भने, महिला स्वास्थ्य स्वयंमसेविकाको लागी प्रत्येक महिला स्वास्थ्य स्वयंंम सेविकालाई ५ वटा मास्क र १ वटा सेनिटाजर बितरण गरीएको छ । जसमा मुसिकोट नगरपालिकामा महिला स्वास्थ्य स्वयंमसेविका ४७ जना, त्रिवेणी गाउँपालिकामा ३७ जना , चौरजहारी नगरपालिका ३८ जना, आठबिसकोट नगरपालिकामा ४७ जना,बाफिँकोट गाउँपालिकामा ३९ जना, र सानीभेरी गाउँपालिकामा ३७ जना गरी रुकुम पश्चिमका २४५ जनालाई २४५ वटा सेनिटाईजर र १,२२५ वटा मास्क बितरण गराएको छ ।
त्यसै गरी रुकुम पुर्वका सिस्ने गाउंपालीकामा ४२ जना भुमे गाउंपालीकामा ४६ र पुथा गाउंपालीकामा ५४ जना गरी १४२ जनालई १४२ वटा सेनिनाईजर र ७१० वटा मास्क बितरण गरीएको छ ।
महिला स्वास्थ्य स्वयंमसेविकालाई लक्षीत गरी २०७७ मंसिर महिनाको ११ र १२ गते राष्ट्रव्यापी रुपमा संचालित भिटामिन ए र जुकाको औषधी खुवाउन कार्यक्रममा कोभिड १९ कोरना भाईस बाट बच्नको लागी मास्क र सेनिटाईजर बितरण गरीएको हो ।

