श्रीमानको हत्या गरी भीरबाट फ्याँकेको आरोपमा पक्राउ महिला अदालतबाट छुटेपछि..
रेखदेख संवाददाता
असोज १३, रुकुम । श्रीमानको हत्या गरी भीरबाट फ्याँकेको आरोपमा पक्राउ परेकी महिला जिल्ला अदालत रुकुमबाट सफाई पाएकी छिन् । प्रहरीले श्रीमान हत्याको आरोपमा बाँफीकोट गाउँपालिका–१० की २६ वर्षीया अन्जना पुन बुढालाई गत भदौ २१ गते पक्राउ गरेको थियो ।
पक्राउ परेकी उनीलाई निर्दोष सावित गदै जिल्ला अदातल रुकुमले असोज १२ गते सफाई दिएपछि पीडित परिबारका साथै बाँफीकोटका स्थानीय विरोधमा उत्रिका छन् । उनीहरुले मंगलबार जिल्ला सदरमुकाम खंलगामा विरोध र्र्याली निकारले जिल्ला अदालत रुकुम पश्चिमको गेटमा पुगेर कोणसभामा परिणत भएको थियो । मृतक भिमबहादुर बुढाकी आमाले रुदै भनिन, छोरो त अकालमै मारियो, न्याय पनि मर्र्यो ।
हामी अदालतको मानहानी गर्ने पक्षमा
छैनौ, विना कारण निर्दोष फस्नु पर्छ भन्ने पनि हैन, मान्छे मरेको छ, तर दोषि नउम्किउन भन्ने हाम्रो माग छ मृतक भिमबहादुर बुढाका दाई शशिराम बुढाले बताए ।
प्रहरी बयानमा आरोपित अञ्जना बुढाले गत भदौ १० गते राति घरमै ३६ वर्षीय श्रीमान भीमबहादुर बुढालाई लाठीले निर्घात कुटपीट गरी हत्या गरेर शवलाई डोकोमा बोकेर भीरबाट फालेको स्वीकार गरेको जनाएको छ ।
मृतक भिमबहादुर वुढा हराएको चौथो दिन दिउँसो घरदेखि २ सय मिटर दूरीमा पर्ने भीर तल सडेगलेको अवस्थामा भीमबहादुरको शव फेला परेको थियो ।
मंगलबार जिल्ला अदालत रुकुम पश्चिममा पक्ष विपक्ष वकिलहरुको बहसपछि अदालतले प्रतिवादीको साथमा ३ वर्षको नाबालक रहेको भन्ने देखिएको, अभियोग पत्रमा बरामत भई आएको डोको सानो देखिएको, प्रतिवादीलाई हेर्दा एक जना महिलाले मृतक लासलाई मारेर डोकोमा राखेर फाल्न सक्न क्षमतावान व्यक्ति भएको भन्ने विश्वास समेत गर्न सकिने नदेखिएको अवस्था समेत त्तकाल प्राप्त प्रमाणहरुबाट अभियोग दावी अनुसारको कसुर गरेको भन्ने कुरा फौजदारी कार्यविधी संहिता २०७४ कको दफा ६९ बमोजिम तारेखमा राख्न आदेश दिएको छ ।आदेशपछि भिमबहादुर बुढाको परिबारले पत्रकार सम्मेलन गरी घटनाको जानकारी पछि विरोध य्राली निकालेका थिए ।

