मिरिओ दर्शन
सिरिओ ता सित्ति अच्चम्मौ मर्नु हुनेह्रइन्च । गद्दा भयाउ कुर्सीमा थपक्क बस्न्या । गारीमा चल्न्या । वरिपरि गाटले घेर्न्या । त्याँट गीत नआउन्या समाचार मार्तै आउन्या ।तारबाट नचल्न्याँ बरु तारबार भिर्तबाट चल्न्या । टेप्पलमा नबस्न्या टेप्पलका मन्नेट बस्न्याँ । खोल्न्या र बन्द गर्न्या गाटले मार्तै सक्न्या ।

कोचलगाँरो । उइलैफुर्नौ कुरो हो हेर्नोइ । पाल्नाघर डल्ल्याले गाउँनु कालापारबाट रिरियो ल्याउथ्यो । हेर्नापत्त मुलुक खनिन्त्यो सितिमिति दर्शन गर्न पाइयो र ? रिरिओ हेर्नापत्त कोइले केराउ घरी लग्दिन्त्या । कोइले बेलाइँतीको ढक्क्या लग्दिन्त्या । कोइले सुन्तलाउ डोगो । रिरिओ च्याउन पनि पाइन्त्यो । रिरिओभिर्ता मान्छ बोल्याऊ पनि सुनिन्त्यो । तेति स्याना भाँरामा मान्छ काँमाट पस्दान् र बोल्दान् भनिकिन मले अइलसम्म पनि मरिजाऊँ थापाऊ भया ।
पछि ता गाउँमा भिरिओ पनि आयो । जात्तेरि माट्टोक्नेइनि भिरियोमा ता स्यानस्याना मान्छ छर्लङ्गै देख्खिने । बोल्ने पनि गाउने, पनि नाच्ने पनि । ह्वाँपछि टिप्पि पनि आयो हेर्नोइ । टिप्पिमा ता राजदानीमा बोल्न्या राजा मन्तरी पनि देखिन्त्या गरे । उत्ता बोल्याऊ कस्तोरी ह्याँसम्म आयाउ हो कस्तोरी देख्ख्याऊ हो मेरो दिमाकले सोच्न सम्जनै छार्रेल्यो ।
हमछि जेठिओहरु गाउँमा आया । जेठिओहरु ता सब्जी हेर्न गौँबाली, धानबाली, तिउन बालीको कीराकाट्टिऊँ च्याउन आहुन भन्त्या गरै । त्यो हेर्याउ ता उति अख्ख्यान पाइनँ, गाउँघरा कान्छीबाली भने खुप्पै हेर्त्या । हमछि बाल्लेऊ ओख्तोमुलो पनि गर्त्या । उइलैफुर्न हाम्रा जनार्जन पनि जेठिओ थ्या गरे । बलै नभयाउ बिङ्गा छाँट्नुहुन्न, पाप लाग्च । तिन्लेचाइँ कान्छीबालीपाइ च्यायाऊ था पाइएन होइ ।
ह्वाँपछि । रिरिओले सिरिओ आयाउ जनाउ दियापछि मलाई ता सिरिओ हेर्न कैबल जाँदाउँ भनिकिन तल्बल्ल्याँ । उइछारी सस्तोमा पाइयापछि एउटा सिरियो घरमा पनि ल्याल्नुपर्ला भनिकिन गोजामा एकसय हाल्याँ र डोगो बर्र्यो पनि बोक्केल्याँ हेर्नोइ । हमछि डुग्रिँदै डुग्रिँदै अड्डापाइ फस्क्याँ ।
यले ता बिङ्ङा छाँट्नलाइयो भन्ने मान्नुभयाउ होला । सिरिओ कस्तो हुन्च भन्ने पइला थापायाउभया चट्कपट्क गैजाऊँ केइ थापाइन । सिरिओ पनि भिरिओ जस्तै ता होला भन्ने मान्याऊ थ्याँ मले ता ।
बिजुल्ल्यौ ताराट चल्दो । बान्नामा सजाउँदान् । बन्द गर्न खोल्न अर्को मान्छौ हात चाइँदो भन्ने मान्याउँथ्या ।
सिरिओ ता सित्ति अच्चम्मौ मर्नु हुनेह्रइन्च । गद्दा भयाउ कुर्सीमा थपक्क बस्न्या । गारीमा चल्न्या । वरिपरि गाटले घेर्न्या । त्याँट गीत नआउन्या समाचार मार्तै आउन्या ।
तारबाट नचल्न्याँ बरु तारबार भिर्तबाट चल्न्या । टेप्पलमा नबस्न्या टेप्पलका मन्नेट बस्न्याँ । खोल्न्या र बन्द गर्न्या गाटले मार्तै सक्न्या ।
टिप्पि भिरियोको रिमोट ता हुइँत्ति हुन्त्यो । त्यो सिरिओ ता हुँइत्ति भयाउ रिमोटबाट मरिकाट्या नचल्न्या । धेरै टाराट मार्तै चल्ने ह्रच ।
उइबल हुइँ लग्याऊ डोगो बर्र्यो हुइँ छारिफाल्याइकिन आउ हुँ । ह्वाँपछि अड्डापाई कैलै गयाउछैन हेर्नोइ ।
सिरिओभन्दा झनै विकास्या मिरिओ आयाउछ भन्चन् अइजल ता । मिरिओ कस्तो हुन्च थापाउछैन भन्नुहुन्च । कैलै देख्याउभया पो । पालमा उइलैफुर्नु घरबार सक्क्याहरुलाई ह्राग्त्या गरै । मिरियोलाई ता नरक पालमा पो ह्राग्याछन् गरे । अइजेइ बाबै नि । के अच्चम्मौ मनृ हो क्या ।
त्यो मिरिओ के ताराट चल्दो ? कति टाराउ रिम्मटमाट चल्दो ? काँनु बस्दो ? कोले खोल्दो ? कोले बन्द गर्दो ? म त अच्चम्मले मर्न लाइयाँ बाल । त्यो हर्न कति रुप्प्याउ टिक्कट चाइँदो क्या । कोइले भन्दिन्नौ लाई ।

