रोल्पामा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु, २ घाइते

शुक्रबार राति पहिरोले पहिरोले घर पुरिँदा रोल्पाको लुङ्ग्रीमा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते छन् । रोल्पाको लुङ्ग्री-१ पाङको ऐपे गाउँका ज्ञानसिंह घर्तीमगरको घर माथिबाट खसेको पहिरोले पुरिएको हो ।

रोल्पाको लुङ्ग्री-१ पाङको ऐपे गाउँका ज्ञानसिंह घर्तीमगरको घर माथिबाट पहिरो खसेको हो । घर पुरिएर उनका छोराहरू ११ वर्षका युवराज र ८ वर्षका अमरको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । घटनामा ज्ञानसिंहकी आमा ५० वर्षकी बीरमा र पत्नी ३५ वर्षकी नन्दकली गम्भीर घाइते छन् । ज्ञानसिंह करिब ८ वर्षदेखि भारतमै छन् । १४ वर्षका जेठा छोरा आफन्तको घरमा पाहुना गएका थिए ।

जिल्ला प्रहरी प्रमुख डीएसपी नरेश सुवेदीले दुवै मृतककाे शव निकालिएको र घाइते सासूबुहारीलाई उपचारका लागि अस्पताल पुर्‍याइएको बताए ।

पाङ क्षेत्रमा रातभर अत्यधिक वर्षा भएको थियो ।कमजोर आर्थिक अवस्थाको ज्ञानसिंहको परिवार लामो समयदेखि टिनको छाना भएको गोठमा बस्दै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *