रुकुममा काँग्रेस प्रवेश गर्नेको लहरै चल्यो !

रेखदेख संवाददाता
भदौ २७, रुकुम ।
। रुकुम पश्चिममा नेपाल कम्युनिष्ट पार्टी परित्याग गरेर काँग्रेसमा प्रवेश गर्नेको लहर चलेको छ । जिल्लाका विभिन्न ठाउँमा नेकपाका कार्यकर्ताहरुले देशमा कम्युनिष्टले केहि गर्न नसक्ने भन्दै काँग्रेसमा प्रवेश गर्ने लहरनै चलेको छ ।
स्थानीय तह, प्रदेश र केन्द्रमा समेत कम्युनिष्टको दुई तिहाईको सरकार हुँदा समेत नागरिकको जीवनस्तरमा परिवर्तन ल्याउन नसकेको भन्दै पूर्व माओवादी केन्द्र र एमालेका कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गर्ने लहर चलेको नेपाली काँग्रेसका रुकुम पश्चिमका सभापति प्रेम प्रकाश ओलीले जानकारी दिएका छन । उनले भने, पछिल्लो समय काँग्रेसमा प्रवेश गर्नेको लहर नै चलेको छ ।

सोही क्रममा शुक्रबार रुकुम पश्चिमको आठबिसकोट न.पा.४ ,५, ६ वडाको संयुक्त भेला कार्यक्रम सम्पन्न गरिएको छ । जसमा पुर्व एमाले र पुर्व माओवादी परित्याग गरि नेपाली काँग्रेस पार्टिमा ७५ जनाले प्रबेश गरेका छन् । काँग्रेसमा प्रवेश गर्नेहरुलाई जिल्ला सभापति प्रेम प्रकाश ओलीले स्वागत फुलमाला लगाई स्वागत गरेको जनाईएको छ ।
वर्तमान दुई तिहाईको सरकारको रबैयाबाट आजित भएको भन्दै काँग्रेसको समाजवादको सिद्धान्तलाई आत्मसात गर्ने काँग्रेस प्रवेश गर्ने लहर रुकुम पश्चिममा चलेको सभापति ओलीले जानकारी दिएका छन् ।
जनयुद्वको समयमा जनतालाई दिएको आश्वासन दुई तिहाइको सरकार हुँदा कुनै काम गर्न नसकेको, पार्टी र नेताहरु जनताको विकासका लागि भन्दा पनि भ्रष्ट्राचारीलाई संरक्षण गर्न र आर्थिक आम्दानी गर्नमा सक्रिय भएका कारण नेकपाका कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरेको जनाएका छन् । केही दिन अघि मात्र जिल्लाको चौरजहारी नगरपालिका र बाँफिकोट गाउँपालिकामा नेकपा निकटका सयौं कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका थिए । भने रुकुम पूर्वमा पनि कंग्रेसमा प्रवेश गर्नेको लहर चलेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ जिल्ला नेता एवम् ने.क.पा.(माओवादी )महाधिवेशन आयोजक सदस्य श्री तेजेन्द्र खाम मगर नेपाली काँग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस रुकुमले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *