पहिरोले घर बगाउँदा २ जनाको मृत्यु

रेखदेख संवाददाता
साउन १३, रुकुम । पहिरोले घर बगाउदा २ जनाको मृत्यु भएको छ । रुकुम पीश्चमको बाँफिकोट गाउँपालिका–९, स्यालामा पहिरोले एक घर बगाउँदा २ जनाको मृत्यु भएको हो ।
सोमबार राती परेको अविरल वर्षापछि आएको पहिरोले स्थानीय जसवीर कामीको घर बगाएको थियो । पहिरोले घर बगाउँदा जसबीरका २२ वर्षीय छोरा नवीन विक र छिमेकी हस्तबहादुर सुनारका १६ वर्षीय छोरा बलबहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी ठगबहादुर केसीले जानकारी दिएका छन् ।

उनका अनुसार डिएसपी केसीका अनुसार नवीन र बलबहादुरको शव भेटिएको र अरु ४ जनाको उद्धार गरिएको जानकारी दिएका छन् । जसवीरकी श्रीमती ६० वर्षीया झुपी कामी, बुहारी २२ वर्षीया व्युझना कामी, नातिनी ५ वर्षीया कोपिला र ३ वर्षीया रितु कामीको उद्धार गरिएको जनाएको छ । झुपीको छिन्खेतस्थित स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

मंगलबार बिहान ४ बजेतिर घरदेखि १० मिटरमाथिबाट आएको पहिराले उक्त घर झण्डै डेढ सय मिटर तल रहेको किमाना खोलामा पुर्‍याएको थियो । घरको माथिल्लो तलामा सुतेकालाई प्रहरी र स्थानीयले जीवितै उद्धार गरेका थिए भने तल्लो तलामा सुतेका नवीन र बलबहादुर घरसँगै बगेका थिए । पहिरो हटाएर उनीहरुको शव निकालेको घटनास्थलमा रहेका प्रहरी चौकी मग्मा इन्चार्ज प्रहरी सहायक निरीक्षक हरि देवकोटाले जानकारी दिएका छन् । ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *