रुकुम पश्चिममा वीपी कोइराला प्रति श्रदासुमनको फोटो फिचर

साउन ६, रुकुम पश्चिम रेखदेख संवाददाता । नेपाली कांग्रेस रुकुम पश्चिमले नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइराला प्रति श्रदाशुमन व्यक्त गरेको छ । विपीको ३८ औं स्मृति दिवशको अवसरमा नेपाली कांग्रेस रुकुम पश्चिमले विपीको शालिकमा पुष्प गुच्छा चढाएर श्रदाशुमन व्यक्त गरेको नेपाली कांग्रेस रुकुम पश्चिमका सभापति प्रेमप्रकाश ओलीले जानकारी दिएका छन् ।
उनले भने, विपीको प्रजातान्त्रिक समाजवादको विचार अहिले झनै सान्दर्भिक भएको बताएका छन् ।
रुकुममा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका पूर्ब सभापति तथा नेपाली कांग्रेसका महासमिति सदस्य मानबहादुर नेपाली, नेपाली कांग्रेस केन्द्रिय नीति ,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य  तथा नेपाली कांग्रेसका महासमिति सदस्य कृष्णबहादुर रोकाय, नेपाली कांग्रेस जिल्ला कार्य समितिका पदाधिकारी, भातृ संगठनका प्रमुख तथा प्रतिनिधी लगायत नेपाली कांग्रेसका नेपाली कांग्रेस रुकुम पश्चिमका नेता तथा कार्यकर्ताहरुको उपस्थित रहेको थियो । कार्यक्रमको सहजीकरण नोली कांग्रेस रुकुम पश्चिमका सचिव गोरखबहादुर खत्रीले गरेको जनाएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *