फेरी तातियो रुकुमः आठविसकोटमा सुरक्षाकर्मीले महिलालाई कुटपिट, प्रहरीले गर्यो छानविन समिति गठन
रुकुम पश्चिम आठविसकोट नगरपालिका परिसरमा प्रहरीबाट एक महिला निर्घात रुपमा कुटिएकी छन् । जिल्ला बाहिरबाट आएर हेल्प डेस्कमा प्रहरीलाई दुर्व्यहार गरेको आरोपमा महिलामाथि कुटपिट भएको हो ।
जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी कविराज रोकायका अनुसार साे घटना १ जेठको हो । अहिले घटनाबारे भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान थालेको छ ।
रोकायका अनुसार महिला कुटपिटमा संलग्न एक जना हवल्दार दुर्घटनामा घाइते भएर प्रहरी अस्पतालमा उपचाररत् छन् । अन्य दुई जना प्रहरी जवानलाई जिल्लामा तानेर आन्तरिक छानविन थालिएको छ ।
आठविसकोट नगरपालिकाको नगर प्रहरीमा कार्यरत प्रहरी जवान निर्मला विकले पटकपटक ती महिलालाई लाठी हानेको भिडियोमा देखिन्छ । भिडियो सार्वजनिक भएपछि विकलाई निलम्बन गरेर छानविन थालिएको छ ।
डीएसपी केसी मदिरा सेवन गरेकाले शान्त हुन्छ कि भनेर पानी खन्याइदिएको बताए । अहिले पीडित महिलालाई पनि सोधपुछका लागि जिल्ला प्रहरी कार्यालयमा बोलाइएको छ । याे भिडियो हामीले सामाजिक संजालबाट लिएका हौ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
https://m.facebook.com/story.php?story_fbid=159782755674899&id=108484727471369
प्रहरीले छानविन समिति गठन
आठविसकोट घटनाको सत्य तथ्य बुझन नेपाली प्रहरीले छानविन समिति गठन गरेको छ । प्रहरी निरक्षक कविराज रोकायको संयोजक ३ सदस्यीय छानविन समिति गठन गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ । घटानको सत्यतथ्य बुझ्न छानविन समिति आजै आठविसकोट नगरपालिका पुगेको जनाएको छ ।

यस्तो छ आठविसकोट नगरपालिकाले निकाल्यो विज्ञप्ती


