वडा अध्यक्ष कार्यकक्षमै कुटिए
दाङमा एक जना वडा अध्यक्षलाई कार्यकक्षमै कुटपिट भएको छ । शान्तिनगर गाउँपालिका वडा नं. २ का अध्यक्ष फर्साराम डाँगीलाई चार जनाको समूहमा आएका व्यक्तिहरुले कार्यकक्षमै कुटपिट गरेका हुन् । उनीहरुले वडा अध्यक्ष डाँगीमाथि रड प्रहार गरेर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी सुमित खड्काले जानकारी दिए ।
मंगलवार विहान अध्यक्षमाथि कुटपिट भएको र घाइते अध्यक्षको उपचार प्रादेशिक अस्पताल तुलसीपुरमा भइरहेको छ ।
मुख छोपेर आएको समूहले डाँगीमाथि कुटपिट गरेको थियो ।कुटपिट गर्ने समूह पहिचान नभएपनि घटना भएको स्थलबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रर्चा फेला परेको प्रहरीले बताएको छ । अध्यक्षमाथि कुटपटि गर्नेहरुको खोजी भइरहेको डिएसपी खड्काले बताए ।

