नेपाली कांग्रेस रुकुम पश्चिमले सबै क्रियाशिल पत्रकारको बीमा गरिदिने

रेखदेख संवादादाता ।
नेपाली कांग्रेस रुकुम पश्चिमले रुकुम जिल्लाका क्रियाशिल पत्रकारहरुको कोरोना बीमा गरिदिने भएको छ ।  कोरोना भाईसको महामारी फैलिरहेको अवस्थामा पनि अग्रमोर्चामा खटिएर समाचार संकलन गर्ने पत्रकारहरुलाई कोराना बीमा गरिदिने नेपाली कांग्रेस रुकुम पश्चिमका सभापति प्रेमप्रकाश ओलीले जानकारी दिएका छन् । उनका अनुसार जिल्लामा क्रियाशिल सबै सञ्चार गृह, मुलधारका सञ्चारगृहमा कार्यरत पत्रकारहरुलाई ५० हजार बराबरको कोरोना बीमा गरिनेछ ।
नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकार कोरोनाको कहरका बीचमा पनि जोखिमपूर्ण कार्य गर्ने पत्रकारहरु लक्षित कुनैपनि कार्यक्रम नगरेपछि पार्टीले नै कोराना बीमा गरिदिएको  सभापति ओलीले  जनाए ।
पत्रकारहरुको कोरोना बीमाको लागि नेपाली कांग्रेस रुकुमका सभापति प्रेमप्रकाश ओली, नेपाली कांग्रेस प्रदेश निर्वाचन क्षेत्र नं. (क) का सभापति सुरतजंग मल्ललगायतले पत्रकारको बीमाको लागि सहयोग गरेको जनाएको छ ।
पत्रकारहरुको कोराना बीमाको सहजीकरण नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका सचिव हरि गौतम र कोषाध्यक्ष प्रविर ददेलले गर्ने छन् । रुकुम पश्चिममा क्रियाशिल पत्रकारहरुले नागरिकताको प्रतिलिपीका साथै एक प्रति फोटो बुझाउन नेपाल पत्रकार महासंघका कोषाध्यक्ष प्रविर ददेलले सबै पत्रकारहरु आग्रह गरेका छन् ।

यो सँगै कोरोना भाईरस न्यूनीकरण गर्न अग्रमोर्चामा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुलाई समेत स्वास्थ्य सुरक्षा समागैी वितरणन गर्ने नेपाली कांग्रेस रुकुमले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *