सरकार बिरुद्ध आन्दोलन
कोरोना भाइरस (कोभिड(१९) को संक्रमण नियन्त्रणमा सरकार असफल भएको भन्दै स्वतन्त्र युवाहरुले सरकारको विरोध गरेका छन् ।
गत शुक्रवार देखी सुरु गरिएको सरकार विरुद्ध आन्दोलन आईतबार पनि रुकुम पश्चिमको सदरमुकाम मुसीकोट बजारमा सरकारविरुद्ध प्रदर्शन गरिएको हो ।
कोरोना भाईरस नियन्त्रणमा सरकार असफल भएको, स्वास्थ्य सामाग्री खरिद अपारदर्शी रहेको, जनताको रोग र भोकमा सरकाले चासो नदेखाएको भन्दै आन्दोलन गरेको स्वतन्त्र विद्यार्थी प्रभा ओलीले जानकारी दिएकी छिन् । उनका अनुसार सरकारलाई जनताप्रति उत्तरदायित्व बनाउन आन्दोलन गर्नु परेको बताईन् ।

