रुकुम पुर्बमा टिप्परबाट खसेर रोल्पाका एक सहचालकको मृत्यु
बिक्रम परियार रुकुम पुर्ब । रुकुम पुर्बको सिस्ने गाउपालिका ३ पोखरामा टिप्परबाट खसेर एकजना सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रुन्टिगढि गाउपालिका वडा नं. ६ रोल्पा का अन्दाजि १८ बर्षिया चन्द्र बहादुर बि.क. रहेका छन । दाङबाट रुकुम पुर्ब सिस्ने-४ अमलाचौरमा बन्दै गरेको स्वास्थ्य चौकिको लागि इट्टा लिएर आउदै गर्दा सिस्ने ३ पोखरामा घटना भएको हो ।
रा १ ख १४३५ नम्बरको टिप्पर पोखराबाट अमलाचौर जादै गर्दा पोखराको बजारमा रुख माथिका सेभ भएका तार र डोरिहरु पन्छाउने क्रममा सहचालक को मृत्यु भएको घटनामा खटिएका जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी दिनेश गुरुङले जानकारी दिएका छन् ।
टिप्पर चालक घोराही उपमहानगरपालिका दाङका ४९ बर्षिया ओमप्रकाश घर्तीमगर लाई जिल्ला प्रहरी कार्यालय रुकुमकोटले नियन्त्रणमा लिई कानुनी कारबाही गरिने बताएको छ । अहिले टिप्पर जिल्ला प्रहरिको नियन्त्रणमा रहेको छ । मृतकलाई जिल्ला अस्पताल रुकुमकोटमा पु¥याइएको छ । मृतकका आफन्तहरु रोल्पाबाट हिडिरहेका छन ।

