३० घर परिवारलाई राहत वितरण
बिक्रम परियार रुकुम पूर्व । सिस्ने गाउपालिका ५ टाकुरा निवासि दुईजना युवाले राहत वितरण गरेका छन् । उनीहरुले ३० घरपरिवारलाई राहत दिएका छन । सहयोग गर्नेमा श्रीकुमार क्षेत्री र सोलभ सेन ठकुरीको व्यक्तिगत योजनाबाट सिस्ने गाउपालिका ५ वडा कार्यालयमा ३० हजार बराबरको सहयोग गरि बितरण गरिएको बताइएको छ ।
यहि जेठ १८ गते आइतवार वडाले गरिव र विपन्नलाई छनोट गरि बितरण गरिएको सोलभ सेनले बताएका छन । वडाध्क्ष सान्तबहादुर बिकले वडाभित्र यो भन्दा पहिला वडाको तर्फबाट ४० घरधुरी छनोट गरि राहत बितरण गरेका थिए । पहिलो चरणको राहतबाट कतिपय निम्न बर्गका सबै वडाबासीलाई पुर्याउन नसके पछि बिवादमा आएको थियो ।
अहिले विश्वभरि महामारीको रुपमा देखिएको नोवेल कोरोना भाइरस अर्थात कोभिड १९ को सन्त्रासले लकडाउनले देशभरि प्रभाव परेको छ । अहिलेको लकडाउनलाई ध्यानमा राख्दै कतिपय मजदुर श्रमजिवी बर्गहरु अहिले उनिहरुको रोजगारी ठप्प भएको छ ।
उनिहरुलाई यतिवेलाको समयमा खाद्यान्न राहत दिई सहयोग गरेपछि राहत लिनेहरुले खुसि व्यक्त गरेका छन । सहयोगी श्रिकुमार क्षेत्रि र सोलभ सेन ठकुरी समाजसेविका साथै व्यवसायीक युवा बुद्धिजीवी पनि हुन । यस्तो महामारिको संकटका बेला व्यक्तिगत रुपमा ३० जना विपन्न घरपरिवारलाई प्रतिदर रु.१ हजारका दरले बितरण सहयोग गरि जनताहरुमा केही हदसम्म दैनिक जोहो गर्न सहजता बनाएकोमा मनकारी दुईवटै युवाहरुलाई सिस्ने गाउपालिका ५ का वडाध्यक्ष सान्तबहादुर बिकले धन्यवाद ज्ञापन समेत दिएका थिए ।

