सोती घटनाको निःशुल्क बहस गर्न आरसी गौतमलाई खटाईयो
प्रजातान्त्रिक वकिलहरुको संस्था नेपाली डेमोक्रेटिक लयर्स एशोसियन (डिएलए) नेपालले सोती घटनाको निःशुल्क कानूनी सहायता दिने भएको छ । गत जेठ १० गते रुकुमको चौरजहारी सोतीमा घटेको घटनाको निःशुल्क कानुनी सहायता प्रदान गर्न अधिवक्ता आरसि गौतमलाई जिम्मेवारी दिईएको छ ।
पाँच जनाको निधन र एकजना बेपत्ता हुने गरि केही ब्यक्ति बाट भएको अत्यन्तै कुर,अमानवीय घटनाको छानबिन तथा दोषीलाई कारबाही र पीडितलाई न्याय दिनको लागि निःशुल्क कानुनी सेवा प्रदान गर्न डिएलए नेपालले गौतमलाई जिम्मेवारी तोकेको हो ।
रुकुम निवासी गौतम डिएलए रुकुमका अध्यक्ष पनि हुन । पिडित पक्षको तर्फबाट गौतमले निःशुल्क बहस गर्ने छन ।केन्द्रले दिएको जिम्मेवारी आफुले पुरा गर्ने अधिवक्ता गौतमले बताए ।उनलाई महासचिव लक्ष्मीदेवी दाहाल रावतले जिम्मेवारी तोकिएको पत्र शुक्रबार नै प्रदान गरेकी छिन ।


