मनिषा कोइरालाको राष्ट्रवादी ट्विटः भारतिय मिडियामा चर्को आलोचना, हेरौ भिडियो सहित

वलिउडमा कुनै समय सुपरस्टार रहेकी अभिनेत्री मनिषा कोइराला भारतिय संचार माध्यममा चर्चाको शिखरमा पुगेकी छिन । तर उनको चर्चा कुनै चलचित्रका कारण नभई नेपाल भारत सिमा विवादबारे आफ्नो धारणा सार्वजनिक गरे पछि चलेको हो । मनिषाले सामाजिक संजाल मा परराष्ट मन्त्री प्रदीप ज्ञवालीले कालपानी, लिम्पीयाधुरा र लिपुलेक समेटेर नक्सा जारी गरे पछि गरेको ट्विट लाई रि ट्विट गर्दै ‘‘हाम्रो सानो देशको आत्मसम्मान कायम राख्न सफल भएकोमा धन्यवाद । अब हामी तीन महान देशहरुबीच शान्तिपूर्ण र सम्मानजनक संवादका लागि आशावादी छौं ।’ लेखेकी थिइन । अहिले भारततिय मूलधारका टेलिभिजनहरुले उनको आलोचना गर्दै समाचार सम्प्रेषण गरिरहेका छन । www.rastrapukar.com

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *