रुकुम पश्चिम पुगेका ८१ मजदुर गाउँ पसे !

रेखदेख संवाददाता 
बैशाख १२, रुकुम । धादिङ र काठमाण्डौबाट रुकुम पश्चिम पुगेका ८१ जना मजदुर गाउँ गएका छन् । विहिबार र शुक्रबार विहान सम्म रुकुम पश्चिमको खंलगामा पुगेका बाँफीकोट गाँउपालिकाका ३७ जना, आठविसकोट नगरपालिकाका ८ जना, सिस्ने गाउँपालिकाका १० जना र मुसीकोट नगरपालिकाका ४ जना मुसीकोटबाट घरतर्फ लागेको मुसीकोट नगरपालिकाले जानकारी दिएको छ । त्यस्तै डोल्पा जिल्लाका २१ जना र पुथा उत्तरगंगागा गाउँपालिकाका १ जना गरी जम्मा ८१ जना मजदुरहरु मुसीकोटबाट आ– आफ्नो गाउँमा गएको मुसीकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरविर खड्काले जानकारी दिएका छन् ।

उनका अनुसार– गाउँ गाउँ सम्म यातायातको पहुँच नहुँदा जिल्ला बाहिरबाट आएका मजदुरहरु हिड्दै गाउँ गएका छन् । भने बाँफीकोट गाउँपालिकाका ३७ जना मजदुर भने ट्याक्टरमा गएका छन् ।
विहिबार जिल्ला बाहिरबाट मुसीकोट पुगेका ६० जना मजदुरहरु मुसीकोट नगरपालिका –५ स्थित सेरिगाउँमा रहेको शहिद प्रतिष्ठानमा बसेका थिए । कतिपय मजदुरहरु स्थानीय तहको सम्र्पक भन्दा आफूखुसी घर गाउँ जान थालेका छन् ।
नेपालमा पनि कोभिड–१९ को उच्च जोखीम भएको भन्दै देशलाई चैत ११ गते देखी देशलाई (बन्दाबन्दी) लकडाउनमा राखेको छ । लकडाउनको समयमा जो जहाँ छ त्यहि सुरक्षित बस्ने, वा जिल्ला विपद् व्यवस्थापन समिति तथा जिल्ला प्रशासन कार्यालयबाट सवारी पास लिएर यात्रा गर्नुपर्नेमा हुन्छ । तर कतिपय गाडिहरु भने सवारी पास विनानै जिल्लामा प्रवेश गरेको स्रोतले बताएको छ । कोरोना भाईरस (कोभिड १९) को संक्रमणको उच्च जोखिम वढीरहेको बेलामा स्वास्थ्य चेक जाँच नै नगरी जिल्ला बाहिरबाट प्रवेश गरेका मजदुरहरु गाउँ जान थालेपछि गाउँ थप जोखिम बढ्ने स्थानीयले बताएका छन् ।
जिल्ला समन्वय समितिका प्रमुख राजकुमार शर्माका अनुसार पालिका÷पालिका जिल्ला बाहिरबाट आएका मजदुरहरु गाउँतिर लागेको जनाए । उनले भने, सुरक्षित इलाका तिरबाट जिल्ला प्रवेश गरेका मजदुरहरुलाई होमक्वारेन्टाइन्मा वस्ने व्यवस्था गर्ने र जोखीम क्ष्ेत्रबाट आएका लाई स्वास्थ्यकर्मीको निगरानीमा राखिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *