नेपाल प्रेस युनियनको महाधिवेशन स्थगित

नेपाल प्रेस युनियनको महाधिवेशन स्थगित गरिएको छ । यही चैत २१ र २२ गते नेपालगञ्जमा निर्धारण गरिएको युनियनको नवौँ महाधिवेशन स्थगन गरिएको हो ।
युनियन केन्द्रीय सचिवालयको बिहिबार बसेको बैठकले विश्वभर ‘कोभिड-१९’ को सङ्क्रमण फैलिरहेको र नेपालमा पनि सम्भावित सङ्क्रमणलाई लिएर सरकारले तत्काल सभा, सम्मेलन नगर्नू भनी जारी गरेको सूचना अनुसार महाधिवेशन स्थगन गर्ने निर्णय गरेको हो ।
‘कोभिड-१९’ को सम्भावित सङ्क्रमणलाई लिएर नेपाल सरकारले तत्काल कुनै पनि सभा सम्मेलन नगर्न र सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको सूचना जारी गरेको थियो । कोरोना भाइरसको सङ्क्रमण मुलुकमा सामान्य भई सरकारले सभा, सम्मेलन आयोजना गर्न स्वीकृति प्रदान गरेपछि छिट्टै नवौँ महाधिवेशनको मिति र स्थान निर्धारण गरिने अध्यक्ष बद्री सिग्देलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *