सवारी कारबाहीबाट झण्डै ९ लाख राजश्व
रेखदेख संवाददाता ।
रुकुम पश्चिममा सवारी कारबाहीबाट झण्डै ९ लाख राजश्व संकलन भएको छ । जिल्ला ट्राफिक कार्यालय रुकुम पश्चिमले चालू आर्थिक वर्षको ७ महिना (साउन
दखी माघ मसान्त) सम्ममा रु. ८ लाख ८४ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।
सबैभन्दा बढी माघ महिनमा राजश्व संकलन भएको छ । माघ महिनामा मात्र ३ लाख २० हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको जिल्ला ट्राफिक कार्यलय रुकुम पश्चिमले जानकारी दिएको छ । माघ महिनामा मात्रै ६ सय २० वटा सवारी साधन कारवाहिमा परेका थिए ।
त्यस्तै पुस महिनामा १२८ वटा सवारी साधनबाट १ लाख २६ हजार ५ सय राजश्व संकलन भएको थियो । भने मंसिर महिना ४२ वटा सवारी साधन कारवाहिमा परेका थिए । जसबाट १ लाख रुपैयाँ राजश्व संकलन भएको थियो । त्यस्तै कार्तिक महिनामा १ लाख २४ हजार, असोज महिनामा ९१ हजार भदौ महिनामा ८७ हजार ५ सय र साउन महिनामा ३४ हजार ५ सय राजश्व संकलन भएको थियो ।
साउन देखी माघ मसान्त सम्मको अवधिमा ट्राफिक नियम उलंघन गर्ने ९ सय ६१ वटा सवारी साधन कारवाहिमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पश्चिमका इन्चार्ज लक्ष्मण विकले जानकारी दिएका छन् । उनका अनुसार सबैभन्दा बढी मोटरसाइकल कारवाहिमा परेका छन् ।
यस अवधिमा ५०७ वटा मोटरसाईकल, ११८ वटा बस, ३८ वटा ट्रक, १०६ र १२९ वटा जीपले ट्राफिक नियम उलंघन गरी कारवाहिमा परेका थिए ।

