‘नेपाली कांग्रेसलाई गाउँ आउन सुझाव’
रेखदेख सवाददाता । नेपाली कांग्रेसलाई गाउँ आउन र संगठन बनाउन सुझाव दिएका छन् । दोस्रो गाउँ जागरण अभियानको क्रममा आम नागरिकले कांग्रेस गाउँ नपस्नु, संगठन नबनाउनु, प्रष्ट नीति तथा कार्यक्रम नल्याउनु जस्ता कारणले कांग्रेस कमजोर भएको बताएका छन् । मुसीकोट नगरपालिका ८ का महेन्द्र पाण्डेले भने, ‘कांग्रेस गाउँ पसेर स्थानीय सरकारले गरेका ज्यादतीको भण्डाफोर गर्नुपर्ने धारणा राखेका छन् ।’ उनले भने, ‘राजनीतिक आस्थाका आधारमा विकास निर्माण हुने गरेको भन्दै स्थानीय सरकारप्रति गुनासो गरे ।’
१०६ औं विपी जयन्तीको अवसरमा सुरु भएको दोस्रो चरणको गाउँ जागरण अभियान अन्र्तगत रुकुमका ६ वटै स्थानीय तहका गाउँ (गाउँमा कांग्रेस पुगेको थियो । निर्वाचन क्षेत्र १ अन्र्तगत प्रदेश (क) मा नेपाली कांग्रेसका केन्द्रिय प्रतिनिधी एकराज डाँगीको नेतृत्वमा प्रदेश सभापति सुरतजंग मल्ल, नेपाली कांग्रेसका नेता धिरेन्द्र वटाला, मुसीकोट नगरपालिकाका सभापति महेन्द्र केसी, नेपाल राष्ट्रिय मगर संघका अध्यक्ष टेकबहादुर पुन, महिला संघ रुकुमकी अध्यक्ष मनिषा भण्डारी लगायतका भातृ संगठनहरुका प्रमुख तथा प्रतिनिधी गाउँ जागरण अभियानमा लागेका थिए ।
त्यस्तै निर्वाचन क्षेत्र नं. १ (ख) तर्फ नेपाली कांग्रेसका केन्द्रीय प्रतिनिधी मैना रावतको नेतृत्वमा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधी सीता ओली लगायत नेपाली कांग्रेसका नेता तथा भातृत्व संगठनका प्रमुखहरु अभियानमा लागेका थिए ।
नेपाली कांग्रेसका सभापति प्रेमप्रकाश ओली निर्वाचन क्षेत्र नंं. १ अन्र्तगतका प्रदेश (क) र (ख) पुगेर जनताको समस्या बुझेको नेपाली कांग्रेका सचिव गोरखबहादुर खत्रीले बताए ।

