रुकुममा नेपाली कांग्रेसका प्रदेश सभापतिहरु चयन

रेखदेख स‌वाददाता ।
नेपाली काँग्रेस रुकुम पश्चिम जिल्लाको २ प्रदेश निर्वाचन क्षेत्रको नेतृत्व टुंग्याएको छ । भदौ १८ र १९ गते वसेको बैठकले प्रदेश सभापतिहरु टुंग्याएको हो ।
कांग्रेस रुकुम पश्चिमका सभापति प्रेमप्रकाश ओलीका अनुसार प्रदेशसभा निर्वाचन क्षेत्र (क) मा सुरतजंग मल्ल र निर्वाचन क्षेत्र (ख) मा दौलत विष्ट सभापतिको जिम्वेवारी पाएका छन् ।
नेपाली कांग्रेसको १३ औं महाधिवेशनबाट क्षेत्र नं.(क) मा सुरतजंग मल्ल र क्षेत्र नं. (ख) मा धिरेन्द्र बटाला निर्वार्चित भएका थिए ।
रुकुम जिल्ला संघीय संरचना अनुसार दुई जिल्लामा विभाजन भएपनि आठविसकोट नगरपालिका र मुसीकोट नगरपालिका प्रदेश (क) निर्वाचन क्षेत्रमा रहेका छन् । दुवै सभापति एउटै क्षेत्रमा परेपछि निर्वाचन क्षेत्र नं. (ख) को नेतृत्व उपसभापति दलौत बहादुर विष्टले सभापतिको जिम्वेवारी पाएका छन् । प्रदेश निर्वाचन क्षेत्र (क) को उपसभापतिमा खम्बु खड्का, सचिव टेकबहादुर पुन, कोषाध्यक्ष विमला शर्मा रहेका छन् ।
सदस्यहरुमा मानसिंह थापा, चुडामणी वुढा, तुलानसिंह वुढा, टीका बोहरा, लोकबहादुर खड्का, हस्तबहादुर नेपालीलगायत २१ सदस्यीय प्रदेश समिति बनेको छ ।
त्यस्तै प्रदेश निर्वाचन क्षेत्र क्षेत्र (ख) सचिवमा डिल्लीबहादुर ओली, केशव केसी र प्रेमबहादुर ओली चयन भएका छन् । त्यस्तै कोषाध्यक्षमा दिपक विएम र सहसचिवमा विनोदकुमार ओली रहेको नेपाली कांग्रेस रुकुमले जानकारी दिएको छ ।
प्रदेश (ख) मा सदस्यहरुमा मानबहादर नेपाली, भुपालसिंह ओली, प्रेमबहादुर खड्का, नरबहादुर खड्का, लोकबहादुर डाँगी, खीमबहादुर ओली, दलबहादुर केसी, धनबहादुर ओली, टोपबहादुर देवकोटा लगायत ३० सदस्यीय समिति बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *