बार्षिक बजेट र नीति तथा कार्यक्रमहरु सार्वजनिक हुदैनन्
रेखदेख सवाददाता । जिल्ला स्थित नागरिक समाज संघ संस्थाहरुको सञ्जालको रुपमा रहेको हेड नेटवर्कको बैठक विहीबार मुसिकोट खलंगामा सम्पन्न भएको छ । हरप्लेस रुकुमको आयोजनामा भएको उक्त जिल्ला स्थित नागरिक समाज संघ संस्थाहरुको सञ्जालको रुपमा रहेको हेड नेटवर्कको बैठक विहीबार मुसिकोट खलंगामा सम्पन्न भएको छ ।
हरप्लेस रुकुमको आयोजनामा भएको उक्त बैठकले स्थानीय तहहरुको बार्षिक बजेट र नीति तथा कार्यक्रमहरु सार्वजनिक गर्नुपर्ने माग गरेको छ । त्यस्तै सार्वजनिक निकायले स्वतः प्रकाशन गर्नुपर्ने २० प्रकारका सूचनाहरु सार्वजनिक गर्नुपर्ने लगायतका निर्णय गरेको छ । पछिल्लो समय बजारमा अखाद्य वस्तुहरु विक्री वितरण भएको, म्याद नाघेका सामानहरु विक्री हुने गरेको र निश्चित दरभाउ नभएको भन्दै बजार अनुगमन गर्न सरोकारवाला निकायसँग माग गर्ने निर्णय समेत गरिएको हरप्लेस रुकुमका जिल्ला अधिकृत महेश केसीले जानकारी दिए । यसैगरी फैलिँदै गएको भाइरल र अन्य सरुवा रोगको रोकथामका लागि सरोकारवालाहरुले तत्काल पहल थाल्नुपर्ने आवश्यकता औँल्याउँदै यसका लागि सबैले सहकार्य गर्नुपर्ने आवाज समेत बैठकमा उठाइएको थियो । बैठकमा गैसस महासंघ रुकुम पश्चिमका अध्यक्ष नारायणकुमार शाह, विभिन्न गैससका प्रतिनिधि र पत्रकारहरुको उपस्थिति रहेको थियो ।बैठकले स्थानीय तहहरुको बार्षिक बजेट र नीति तथा कार्यक्रमहरु सार्वजनिक गर्नुपर्ने माग गरेको छ । त्यस्तै सार्वजनिक निकायले स्वतः प्रकाशन गर्नुपर्ने २० प्रकारका सूचनाहरु सार्वजनिक गर्नुपर्ने लगायतका निर्णय गरेको छ ।
पछिल्लो समय बजारमा अखाद्य वस्तुहरु विक्री वितरण भएको, म्याद नाघेका सामानहरु विक्री हुने गरेको र निश्चित दरभाउ नभएको भन्दै बजार अनुगमन गर्न सरोकारवाला निकायसँग माग गर्ने निर्णय समेत गरिएको हरप्लेस रुकुमका जिल्ला अधिकृत महेश केसीले बताएका छन् । यसैगरी फैलिँदै गएको भाइरल र अन्य सरुवा रोगको रोकथामका लागि सरोकारवालाहरुले तत्काल पहल थाल्नुपर्ने आवश्यकता औँल्याउँदै यसका लागि सबैले सहकार्य गर्नुपर्ने आवाज समेत बैठकमा उठाइएको थियो । बैठकमा गैसस महासंघ रुकुम पश्चिमका अध्यक्ष नारायणकुमार शाह, विभिन्न गैससका प्रतिनिधि र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

