जनताको समस्या बुझ्न गाउँ पस्यो कांग्रेस !

रेखदेख संवाददाता
भदौ २४, रुकुम ।
नेपाली कांग्रेस फेरि गाउँ जागरण अभियान सहित गाउँ जाने भएको छ । नेपाली कांग्रेस दोस्रो गाउँ जागरण कार्यक्रम अन्र्तगत गाउँ जाने भएको हो । १०६ औं विपी जयन्तीको अवसरमा दोस्रो गाउँ जागरण कार्यक्रमको उद्घाटन गरिएको छ । जस अन्र्तगत रुकुम निर्वाचन क्षेत्र नं. १ को प्रदेश (क) अन्र्तगतको मुसीको नगरपालिका २ रातामाटाबाट र प्रदेश(ख) अन्र्तगतको मुसीकोट नगरपालिका १३ छिवाङ्गबाट रुकुम पश्चिमको गाउँ जागरण अभियान सुरु गरिएको नेपाली कांग्रस रुकुम पश्चिमका सभापति प्रेमप्रकाश ओलीले जानकारी दिएका छन् ।
उनका अनुसार – रुकुम पश्चिमका सबै वडामा र गाउँमा पुगेर जनताको समस्या बुझ्ने कार्यक्रम रहेको बताए । सभापति ओलीले भने, ‘कांग्रेसले गाउँमा गएर सरकारको ज्यादती र जनताको समस्याको वकालत गर्ने काम गर्नेछ ।
निर्वाचन क्षेत्र नं. (क) अन्र्तगत पीपल, सेराखेत, झुला, घेत्मा, गोतामकोट, आठविसकोटको राडि वजारका साथै झुलखेतमा समेत कार्यक्रम गर्ने जनाएको छ । त्यस्तै निर्वाचन क्षेत्र नं. (ख) अन्र्तगत छिवाङ्ग चौताराबाट सुरु भएको गाउँ जागरण अभियान त्रिवेणी गाउँपालिकाको सिम्रुतु, झुल्नेटा, नुवाकोटडाँडा, कोटजहारी, चौरजहारी, पुर्तिमकाडा लगायतको क्षेत्रमा पुगेर जनताको समस्या बुझ्ने नेपाली कांग्रेस रुकुम पश्चिमले जानकारी दिएको छ ।
गाउँ जागरण अभियान कार्यक्रम अन्र्तगत निर्वाचन क्षेत्र प्रदेश (क) मा केन्द्रिय प्रतिनिधी एकराज डाँगीका साथै निर्वाचन क्षेत्र प्रदेश (क) का सभापति सुरतजंग मल्ल, नेपाली कांग्रेसका नेता धिरेन्द्र मल्ल, मुसीकोट नगरपालिकाका सभापति महेन्द्र केसी, नेपाल राष्ट्रिय मगरसंघका अध्यक्ष टेकबहादुर पुन, महिला संघ रुकुमका अध्यक्ष मनिषा भण्डारी लगायतको टोली खटिएको छ । भने निर्वाचन क्षेत्र प्रदेश (ख) केन्द्रिय प्रतिनिधी मैना कार्की, नेपाली कांग्रेसका सभापति प्रेमप्रकाश ओली, महाधिबेशन प्रतिनिधी सीता ओली, लगायतका कांग्रेसका नेताका साथै भातृसंगठनका प्रमुख तथा प्रतिनिधी गाउँ जाने छन् । नेपाली कांग्रेस रुकुमको दोस्रो चरणको गाउँ जागरण कार्यक्रम असोज ७ गते सम्म सञ्चालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *