राताे ताराकाे तीज विशेष कार्यक्रम
रेखदेख संवाददाता
रुकुम । रातो तारा बोर्डिङ स्कुलद्धारा आयोजित मुसिकोट नगरपालिका वडा नं. १ सल्लेमा हिन्दुहरुको महान चाड श्रीकृष्ण जन्माष्टमीको अवसरमा तीज विशेष साँस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । भदौ ६ गते प्रतियोगितात्मक रुपमाआयोजना गरेको तीज विशेष साँस्कृतिक कार्यक्रममा कैलीदेउ,छिङ,मठ,रातामाटा,सिस्नेखोला र खलंगावाट सयौंको संख्यामा दर्शकहरुको उपस्थिति रहेको थियो ।
जिल्ला अदालत रुकुम (पश्चिम) का श्रेष्तेदार शिवहरि सुवेदीको प्रमुख आतिथ्यतमा आयोजित कार्यक्रममा जिल्ला अदालतबार एसोसियसन रुकुम पश्चिमका अध्यक्ष अधिवक्ता एक्क बहादुर पाण्डे, पूर्व अध्यक्ष अधिवक्ता गणेश हमाल, जिल्लान्यायाधिवक्ता विनोद पौडेल,रुकुमेली क्याम्पसका क्याम्पस प्रमुख तथा जनविकास पुस्तकालयका अध्यक्ष मीनबहादुर पुन, विजेश्वरी सेकेण्डरी स्कुलका प्रिन्सिपल तथा जिल्ला प्याव्सनका अध्यक्ष जय बहादुर थापा, राप्ती समाज अस्पताल व्यवस्थापक गणेश गौतम,जिल्ला स्वास्थ्य कार्यालकका प्रमुख विष्णु वहादुर वुढाथोकी, जिल्ला खाद्य संस्थान सल्लेका प्रमुख चन्द्र बहादुर खडका, जिल्ला अस्पताल सल्लेका विशेषज्ञ डा अनुपमंगल समाल,डा राजकुमार भुजेल,नेपाल कम्युनिष्ट पार्टी(नेकपा)सल्ले टोल कमिटीकी सचिव हिमानी केसी,जनजागरण महिला आयआर्जन सहकारी संस्थाकी सचिव विमला थापा,सरस्वती मावि सल्लेका शिक्षक टीकाराम विष्टको विशेष आतिथ्यता रहेको थियो ।
तीजविशेष साँस्कृतिक प्रतियोगितामा सात समुहले भाग लिएका थिए । जसमा सविना केसीको स्वतन्त्र समुह

