पूर्व लडाकु कांग्रेसमा प्रवेश
रेखदेख संवाददाता
भदौ १०, रुकुम ।
रुकुमका एक पूर्व लडाकुले कांग्रेसमा प्रवेश गरेका छन् । रुकुम पश्चिमका सानीभेरी गाउँपालिका २ पुर्तिमकाँडाका पूर्व जनमुक्ति सेनाका कम्पनी कमाण्डर विष्णु विक ‘तुफान’ले नेपाल कम्युनिष्ट पार्टी त्यागेर नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
नेपाल कम्युनिष्ट पार्टीले शहिद परिवार, वेपत्ता परिवार, द्धन्द्धपीडितको उपेक्षा गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी त्यागेर कांग्रेसमा प्रवेश गरेको जनाए । उनले भने, ‘तत्कालिन एमाओवादीले र अहिलेको नेपाल कम्युनिष्ट पार्टीले जनताको मर्म अनुसार काम नगरेको बताए । विक २०५५ सालमा नेकपा माओवादीको एरिया कमिटी सदस्य हुँदै जनमुक्ति सेनाको कम्पनी कमाण्डर भएका थिए ।
शान्ति स्थापना पछि नेपाली सेनामा समायोजन भएका थिए । उनी हाल नेपाली सेनाको सेवाबाट निर्विती भएका छन् । कांग्रेसमा प्रवेश गरेका विकले द्धन्द्ध भन्दा शान्तिको पक्षमा काम गर्ने पार्टी रोजेको बताएका छन् ।

