जबरजस्ती करणीको आरोपमा एक युवक पक्राउ

रेखदेख संवाददाता
भदौ ९, रुकुम ।
रुकुममा जवरजस्ती करणी गरेको आरोपमा एक जना युवा पक्राउ परेका छन् । रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नंं ५ खहरेका २५ वर्षिय तेजवबहादुर आरसी पक्राउ परेका हुन् । उनले रोल्पा घर भई मुसीकोट नगरपालिका १ बागबजारमा दिदिको घरमा बस्दै आएकी १९ वर्षिय युवतीलाई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ परेको जिल्ला प्रहरी रुकुम पश्चिमका प्रमुख सुमीत खड्काले जानकारी दिएका छन् ।

उनले भने, आरोपित युवाले सामाजिक सञ्जाल फेसबुक बाट परिचय गरी विबाह गर्छु भनि भदौ ५ गते आफ्नै कोठामा लिई जवजस्ती करणी गरी दुई दिनसम्म कोठमा राखेको र दिउसो आफ्नै कोठामा बाहिरबाट ढोका बन्द गरी भागि गएको भन्ने पीडितको उजुरीको आधारमा आरोपित युवालाई सोमबार विहान मुसीकोट नगरपालिका ५ सेरिगाउँबाट पक्राउ गरिएका जनाएको छ । आरोपित युवालाई हिरासतमा राखि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *