अस्मिताको बयान सकियो, रवि र युवराजको बयान भोलि

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा जोडिएकी अस्मिता कार्कीको बयान सकिएको छ । जिल्ला अदालत चितवनमा आइतबार पुडासैनी हत्या प्रकरणमा जोडिएका अभियुक्तहरुको बयान शुरु भएको छ । आइतबार कार्कीको मात्र बयान सकिएको  हो । सरकारी वकिलको कार्यालय चितवनले सो प्रकरणमा पत्रकार रवि लामिछाने, युवराज कँडेल र कार्कीलाई विपक्षी बनाउँदै रिट दायर गरेको थियो ।

अभियुक्तहरु लामिछाने र कँडेलको बयान सोमबार हुने जिल्ला अदालत चितवनले जनाएको छ । न्यायाधीश हेमन्त रावलको इजलासमा आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै दायर रिटमा बयान लिइएको हो ।  सरकारी वकिलको कार्यालय चितवनले आइतबार नै आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै ३ जनाविरुद्ध अभियोगपत्र दायर गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *