रुकुममा पहिलो पटक ठुलो धन राशीको तेक्वान्दो प्रतियोगिता हुने
रेखदेख संवाददाता
भदौ ५, रुकुम ।
रुकुममा पहिलो पटक ठुलो धन राशीको तेक्वान्दो प्रतियोगिता हुने भएको छ । रुकुम पश्चिमको सदरमुकाम मुसीकोट खंलगामा कार्तिक २६ र २७ गते शहिद स्मृति प्रथम डिग्रे आमन्त्रित प्रोफेश्नल तेक्वान्दो प्रतियोगिता हुने भएको हो । रुकुम पश्चिम आई.टि..एफ तेक्वान्दो संघको आयोजनामा जिल्लामा पहिलो पटक तेक्वान्दो प्रतियोगिता हुन थालेको आयोजक संस्थाका अध्यक्ष भुपेन्द्र ओलीले जानकारी दिएका छन् । उनले भने, जिल्लामा तेक्वान्दो खेललाई प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको छ ।
तेक्वान्दो प्रतियोगितामा २० जिल्लाका १ सय ५५ जना सहभागि हुने आयोजक संस्थाले जनाएको छ । विशेषगरी रुकुम पश्चिमका साथै रोल्पा, प्युठान, रुकुम पुर्व, बाँके, बर्दिया, नवलपरासी, पाल्पा,
रुपन्देही, गुल्मी, कपिलबस्तु, अर्घाखाची, दैलेख, बाग्लुङ, स्याङजा, कास्की, नवलपरासी पश्चिम लगायतका जिल्लाका खेलाडिहरुले तेक्वान्दो प्रतियोगितामा सहभागिता जनाउने छन् ।
बिहीबार पत्रकार सम्मेलन गरी तेक्वान्दो प्रतियोगिता हुने जनाएको छ । तेक्वान्दो प्रतियोगिताबाट प्रथम, द्धितिया र तृतिया हुने खेलाडि टीमलाई ५० हजार, ३५ हजार र २० हजार नगतका साथै ट्रफी र प्रमाण पत्र प्रदान गरिने जनाएको छ ।

