‘सुत्केरी आमालाई अण्डा उपहार’
रेखदेख सवाददाता
असार २३, रुकुम । सिस्ने गाउँपालिका वडा नंं ५ की ४० वर्षिय तृष्णादेवी सिंह महिला स्वयमसेविका हुन् । उनीले आफ्ना वडाका गर्भवती र सुत्केरी आमाका साथै नवजात शिशुको स्वास्थ्य र उपचारको बारेमा सधै चिन्ता गर्ने गर्दछिन् ।
गाउँका कुनै पनि गर्भवती र सुत्ेकरी आमा तथा नवजात शिशुहरुले अकालमै ज्यान गुमाउनु नपरोस भनेर भगबानसँग प्रार्थना मात्र गर्दिनिन् उनले उनीहरुको पोषण अवस्थाको बारेमा समेत उतिकै चिन्ता गर्ने गर्दछिन् । उनले गाउँका महिलाहरु मध्ये कति गर्भवति छन् ? कति सुत्करी भए र उनीहरुको अवस्था कस्तो छ । भन्ने बारेमा दैनिकजसो जानकारी राख्ने गर्दछिन् । गर्भवती, सुत्केरी र नवजात शिशुहरुलाई घरमै गएर भेट्ने र स्वास्थ्य शिक्षा समेत प्रदान गर्ने उनको दैनिकी हो । उनीले आफ्नो वडा क्षेत्रका सुत्केरी आमालाई भेट्न जाँदा अण्डा र हरियो साँगपात उपहार दिने गर्दछिन् । अण्डा र हरियो सागपातले सुत्केरी महिला र नबजात शिशुको पोषण अवस्था सुधार गर्ने भएकाले सुत्केरी आमालाई अण्डा उपहार दिने गरेको बताईन् । उनले भनीन, ‘सुत्करी आमालाई भेट्न जाँदा कम्तीमा ५ वटा अण्डा बोकेर उनीहरुलाई निःशुल्क दिने गरेको छु् ।’ विशेषगरी ग्रामिन स्तरका महिलाहरुमा चेतनाको अभाव हुँदा अझैपनि कुपोषणको सिकार हुने भएका कारण उनीहरुलाई अण्डा, माछा, मासु र हरियो साँगपात पहेला फलफुल खान उत्प्रेणा जगाउँने उद्देश्यले अण्डा वितरण गर्ने गरेको स्वयमसेवीका सिंहले बताईन् । ।
उनी स्वयमसेविका मात्रै होइनन् कुखुरापालक किसान पनि हुन् । यसका साथै उनको करेसावारीमा सिजन अनुसारका सागपात समेत फलाउने गरेकी छिन् । जसले गर्दा उनीलाई सुत्केरी भेटमा अण्डा उपहार दिन सम्भव भएको हो ।
कुखुरा पालनको लागि युएसआइडी सुआहारा कार्यक्रम मार्फत रुकुमेली समाज विकास केन्द्रले कुखराको खोर निर्माण र केही कुखुरा सहयोग गरेको रुकुमेली समाज विकास केन्द्रका अध्यक्ष नरबहादुर नेपालीले जनाए ।
रुकुमेली समाज विकास केन्द्र मार्फत रुकुम पश्चिम र पूर्वमा झण्डै ९ जना स्थानीय स्रोत व्यक्तिलाई कुखुरा पालन सम्वन्धी तालिम र खोर निर्माणको लागि रु.३७ हजार ५ सय रुपैयाँ प्रदान गरेको छ । यसका साथै कुखरा समेत प्रदान गरेको अध्यक्ष नेपालीले जानकारी दिएका छन् ।

