महतगाउँमा सञ्चालन तालिमको अनुगमन

विक्रम परियार
रुकुमकोट ।
रुकुम पूर्वका महत सञ्चालन गरिएको रुमाल बुन्ने तालिमको अनुगमन गरिएको छ । रुकुम पुर्बको भुमे गाउँपालिका ६ महत गाउँमा सञ्चालन गरिएको तालिमको अनुगमन सरोकारवाला निकायहरुले गरेका हुन् ।
गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम अन्तरगत घरेलु तथा साना उद्योग बिकास समिति रुकुम पुर्ब र डेप्लमेन्ट सोसाइटी नेपाल रुकुम पुर्बको आयोजना र भुमे गाउपालिकाको सहजिकरणमा तालिम सञ्चालन गरिएको छ । महतका महिलाहरुलाई रुमाल बुन्ने तालिम बङ्गुर पालन, बुटिक तालिम लगायत डर्कमी तालिम सञ्चालन गरिएको छ ।

तालिम पाएपछि स्थानीय खुसी भएका छन् । तालिमको अनुगमन रुकुम पुर्बका पमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, जिल्ला समन्वय समिति प्रमुख गजेन्द्र बहादुर ओली, घरेलु तथा साना उद्योग बिकास समिति प्रमुख नगेन्द्र प्रशाद नेपाल , रुकुमकोट उद्योग वाणिज्य संघका अध्यक्ष यज्ञप्रकाश मल्ल, भुमे गाउपालिका उपाध्यक्ष मन कुमारी बिष्ट , जिल्ला समन्वय सदस्य बिष्णु नेपाली, जिल्ला समन्वयका चिन्तामणि दाहाल, लगायत जनप्रतिनिधि समेत अनुगमन रहेको थियो । तालिममा ७४ जना सहभागि रहेको घरेलु तथा साना उद्योग बिकास समितिका खरिदार लोकबताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *