प्रेस युनियनका केन्द्रिय पार्षद लामिछाने सहित ४ जना पत्रकार सम्मानित

रेखदेख संवाददाता

जेठ १५ रुकुम ।
प्रेस युनियन रुकुमका केन्द्रिय पार्षद राजु लामिछाने सम्मानित भएका छन् । १२औं गणतन्त्र दिवसको अवसरमा गणतन्त्र दिवस जिल्ला समारोह समिति रुकुमपश्चिमद्धारा लामिछाने सम्मानित भएका हुन् ।
नेपालमा गणतन्त्र स्थापना र प्रवद्र्धनमा मिडियामार्फत गरेको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको हो । केन्द्रिय पार्षद लामिछाने लामो समय देखि उज्यालो मिडिया नेटवर्क, असलशासन साप्ताहिक लगायतका सञ्चार माध्याममा कार्यरत छन् । जिल्ला सदरमुकाम मुसिकोटमा आयोजित एक बिशेष समारोहका बिच कदर पत्रप्रदान गरी लामिछानेलाई सम्मान गरिएको हो । लामिछानेसँगै रेडियो सानीभेरि एफ.एम.का कोपिला बि.एम., आहा सञ्चार साप्ताहिकका मेघराज खड्का र गोरखापत्र दैनिकका सुरेन्द्र खत्रीलाई पनि सम्मान गरिएको छ ।
जिल्ला समन्वय समिति रुकुमपश्चिमकाप्रमुखएवम् गणतन्त्रदिवस जिल्ला समारोह समितिकाअध्यक्ष राजकुमार शर्मा, मुसिकोट नगरपालिकाकाप्रमुख देवीलालगौतम र प्रमुखजिल्लाअधिकारी शम्भुप्रसाद रेग्मीले कदर पत्र र अबिर लगाएर पत्रकारहरुलाई सम्मानगरेका हुन् ।
मुलुकको आर्थिक समृद्धि समाजिक न्यायका साथ समाजबादको स्थापनाको लागि सञ्चार क्षेत्रको प्रभावकारी योगदानको थपअपेक्षागरिएको गणतन्त्रदिवस जिल्ला समारोह समितिकाअध्यक्ष राजकुमार शर्मा बताए । गणतन्त्र दिवसको अवसरमा रुकुम पश्चिममा प्रभात फेरि, औपचारिक समारोह, पत्रकार सम्मान, सहिद परिवार सम्मान, दिपावली लगायतका कार्यक्रम गरि मनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *