छात्रबृतिको रकमबाट शिक्षकलाई तलब !
नेपाल सरकार शिक्षा विभागको कार्यक्रम कार्यान्वयन पुस्तिकामा कक्षा १-८ सम्मका दलित छात्र-छात्रका अन्य साथै छात्राहरुलाई ४ सय रुपैयाँ र ९ र १० कक्षामा अध्ययरत दलित छात्रा-छात्रलाई ५ सय रुपैयाँका दरले हरेक वर्ष छात्रबृत्ति प्रदान गर्ने व्यवस्था गरेको छ । आठविसकोट नगरपालिका-१४ मा रहेको जनविकास माध्यामिक विद्यालयले विद्यार्थीहरुको नक्कली हस्ताक्षर गरी रकमको दुरुपयोग गरेको स्थानीयले जनाएका छन् ।
रेखदेख सवाददाता । रुकुम पश्चिमको एक सामुदायिक विद्यालयले छात्राबृतिको रकम वितरण गरेको छैन् । आठविसकोट नगरपालिका-१४ मा रहेको जनविकास माध्यामिक विद्यालय ज्यामिरकोट घेत्माले छात्रा तथा दलित विद्यार्थीहरुले पाउँने छात्रबृतिको रकम वितरण नगरेको स्थानीय गुनासो गरेका छन् ।
झण्डै ५ वर्षदेखी यहाँका छात्रा तथा दलित विद्यार्थीहरु छात्रबृति रकमबाट बञ्चित भएको स्थानीयको गुनासो गरेका छन् । नेपाल सरकार शिक्षा विभागको कार्यक्रम कार्यान्वयन पुस्तिकामा कक्षा १-८ सम्मका दलित छात्र(छात्रका साथै अन्य छात्राहरुलाई ४ सय रुपैयाँ र ९ र १० कक्षामा अध्ययरत दलित छात्रा-छात्रलाई ५ सय रुपैयाँका दरले हरेक वर्ष छात्रबृत्ति प्रदान गर्ने व्यवस्था गरेको छ । तर विद्यालयले उक्त छात्रबृतिको रकम विद्यार्थीलाई नबुझाएको स्थानीयवासी ले बताएका छन् ।
‘विद्यालयका प्रधानाध्यापक खिमानन्द शर्मा, केही शिक्षक र लेखापालले छात्रबृतिको रकम अन्तै खर्च गरेको विद्यार्थीहरुले आरोप लगाएका छन् ।’ विद्यालयले विद्यार्थीहरुलाई रकम नबुझाएर पनि विद्यालयले नक्कली हस्ताक्षर गरेर विद्यार्थीहरुलाई रकम बुझाएको कागज नगर तथा साविकको जिल्ला शिक्षा कार्यालयमा बुझाउने गरेको तथ्य खुलेको छ ।
स्थानीयबासी शम्भु शर्मा भन्छन्, ‘झण्डै ४÷५ वर्षदेखी विद्यार्थीहरुले छात्रबृत्तिको रकम पाउँन सकेको छैनन् ।’ हामीले पटक(पटक आवाज उठाउँदा पनि विद्यालय प्रशासनले विद्यार्थीलाई छात्रबृत्तिको रकम नबुझाएको शर्माले बताए ।
अन्य विद्यालयमा अध्ययरत छात्रा तथा दलित विद्यार्थीहरुले छात्रबृतिको रकम प्राप्त गरेको सुनेपनि आफूले नपाएको कक्षा १० मा अध्यनरत एक जना छात्राले भनिन, ‘हाम्रो नाममा पैसा आउँछ, खै कसले खान्छ ? उनले उल्टै प्रश्न तर्साएकी छिन् ।’
यस विषयमा आठविसकोट नगर शिक्षा समिति र नगरपालिकालाई समेत पटक पटक जानकारी गराउँदा पनि स्थाननीय सरकार मौन रहेको स्थानीयले गुनासो गरेका छन् ।
विशेषगरी शिक्षामा छोरी, दलित विद्यार्थीहरुलाई विद्यालयमा टिकाई राख्न नेपाल सरकारले हरेक वर्ष छात्रवृत्तिको रकम छुट्याउने गरेको छ ।
उता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद शर्माका अनुसार विद्यालयमा विद्यार्थीहरुको अनुपातमा शिक्षक दरबन्दी नहुँदा नीजि स्रोतको तलव र भौतिक पूर्वाधारमा छात्रबृत्तिको रकम खर्च गरेको स्वीकार गरेका छन् । उनले भने, ‘शिक्षक नहुँदा विद्यालय चलाउन समस्या भएपछि छात्रबृतिको रकम खर्च गर्नु परेको हो ।’
उक्त विद्यालयमा हरेक वर्ष झण्डै ६५ हजार रुपैयाँ छात्राबृतिमा निकासा हुने गरेको विद्यालयका प्रधानाध्यापक खिमानन्द शर्माले जानकारी दिएका छन् । उनले भने,‘छात्रबृत्तिको रकम शिक्षक तलवमा खर्च गरिएको छ ।
छात्रबृत्तिको रकम शिक्षकको तलवमा खर्च गनृ मिल्ने हैन, तर समस्या भएपछि खर्च गरिएको हो ।’ साुमदायिक विद्यालयमा अध्यनरत छात्रा र दलित विद्यार्थीहरुको अनुपातमा हरेक वर्ष छात्रबृत्तिको रकम छुट्याएको हुन्छ ।
गत शैक्षक सत्रको रकम यस वर्ष ५६ हजार निकासा भएको छ ।
आठविसकोट नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका संयोजक थलबीर ओलीले छात्रबृतिको रकम विद्यार्थीले नपाएको जानकारी नभएको बताए ।
उनले भने,‘सबै विद्यालयहरु छात्रबृतिको रकम सम्बन्धीत विद्यार्थीलाई बुझाएको कागजजात कार्यालयमा बुझाएका छन् । यदि छात्रबृतिको रकम सम्वन्धीत विद्यार्थीहरुलाई नबुझाउने विद्यालयका प्रधानाध्यापक र लेखापाललाई कारवाही गरिने शिक्षा संयोजक ओलीले बताएका छन् । ।

