कर्मचारी आवश्यकता सम्वन्धी सूचना

  1.   डिग्रे शाइकुमारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड.

    मुुसिकोट न.पा.१ खलंगा रुकुम (पश्चिम)

मितिः २०७६÷०२÷०३

डिग्रे शाइकुमारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड.मुुसिकोट न.पा.१ खलंगा रुकुममा तपसील बमोजिमको पद आवश्यकता परेको र उक्त पद खुल्ला प्रतियोगीतावाट पुर्ती गर्नु पर्ने भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरीकवाट दरखास्तको लागी १५दिने सार्वजनिक सूचना आव्हान गरीन्छ ।
विज्ञापन नं.०२÷०७५÷७६
क) १. पद ः– सहायक प्रवन्धक (प्रशिक्षार्थी) २. तह ः– अधिकृत स्तर ३. आवश्यक संख्या ः– १ (एक) ४.सेवा ःकरार ५. उमेर ः–१८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको ६. न्यूनतम शैक्षिक योग्यता र अनुभव ः– – व्यवस्थापन विषयमा स्नातक वा सो सरह उत्र्तीण गरि कम्प्युटर तालिम प्राप्त ७. आवेदन शुल्क ः–रु.७००।– ८.सेवा र सुविधा ः– संस्थाको नियमानुसार । ९) काम गर्ने कार्यालय ः केन्द्रिय कार्यालय वा सेवा केन्द्र कार्यालय १०.प्राथमिकता ः– सम्वन्धित क्षेत्र काम गरेको ,ड्राइभिङ्ग लाइसेन्स प्राप्त , सहकारी लेखा सम्बन्धी आधारभूत तालिम प्राप्त उम्मेदवार लाई प्राथमिकता दिईनेछ ।११. निवेदन दिने अन्तिम मिति ः– २०७६÷२÷१८ गते कार्यालय समय भित्र । १२. निवेदन दिने स्थान ः– डिग्रे शाइकुमारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड.खलंगा १मुसिकोट रुकुम ।
१३. प्रारम्भिक छनौंट ः– २०७६÷२÷२० गते १४. सम्पर्क मिति ः– २०७६÷२÷२० गते दिनको ११.०० वजे
१५. परिक्षा हुने स्थान ः– डिग्रे शाईकुमारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड.खलंगा १मुसिकोट रुकुम ।
१६.परिक्षाको किसिम ः लिखित र अन्र्तवार्ता
विज्ञापन नं.०३÷०७५÷७६
क) १. पद ः– कनिष्ट सहायक(प्रशिक्षर्थी) २.तह ः– सहायक तेस्रो ३. आवश्यक संख्या ः– २ (दुई) ४.सेवा ःकरार ५.उमेर ः–१८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको ६. न्यूनतम शैक्षिक योग्यता र अनुभव ः– –व्यवस्थापन विषयमा प्रमाणपत्र तह (+२) वा सो सरह उत्र्तीण गरि कम्प्युटर तालिम प्राप्त ७.आवेदन शुल्क ः– रु.२००।– ८. सेवा र सुविधा ः–संस्थाको नियमानुसार ।९) काम गर्ने कार्यालय ः केन्द्रिय कर्यालय वा सेवा केन्द्र कार्यालयहरु १०. प्राथमिकता ः–महिला ,स्थानिय र सम्वन्धित क्षेत्र काम गरेको उम्मेदवार लाई प्राथमिकता दिईनेछ ।११. निवेदन दिने अन्तिम मिति ः– २०७६÷२÷१८ गते कार्यालय समय भित्र ।१२. निवेदन दिने स्थान ः– डिग्रे शाइकुमारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड.खलंगा १मुसिकोट रुकुम ।
१३. प्रारम्भिक छनौंट ः– २०७६÷२÷२० गते १४. सम्पर्क मिति ः– २०७६÷२÷२० गते गते दिनको २.०० वजे
१५. परिक्षा हुने स्थान ः– डिग्रे शाइकुमारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड.खलंगा १मुसिकोट रुकुम ।
आवेदन फारामका साथ संलग्न गर्नु पर्ने कागजातहरु ः–
१. नेपाली नागरीकताको प्रमाणपत्रको प्रतिलिपी । २. शैक्षिक योग्यताका प्रमाणपत्रका प्रतिलिपीहरु ।
३. तालीम तथा अनुभव प्रमाणपत्रका प्रतिलिपीहरु ।
४. आवेदन फारामका साथ फोटो सहीतको वायोडाटा वनाई पेश गर्नु पर्ने छ ।
५. आवेदन फाराम रु.५० तिरि संस्थावाट लिनु पर्ने छ ।
पुनश्च ः म्याद नाघी वा रित नपुगी प्राप्त हुन आएका दरखास्त उपर कुनै कारवाही हुने छैन । निवेदन पेश गर्ने अन्तिम दिनमा यदी सार्वजनिक विदा परेमा पनि कार्यालय समयमा पनि निवेदन दर्ता गर्न सकिने छ । माथि उल्लेखित पदपुर्ति गर्ने नगर्ने अधिकार संस्थामा सुुरक्षित रहने छ । विस्तृत जानकारीका लागी यस संस्थाको केन्द्रिय कार्यालय खलंगामा कार्यालय समयमा सम्पर्क गर्नुहोला ।

सदस्य सचिव
पदपुर्ति समिति

Leave a Reply

Your email address will not be published. Required fields are marked *