रेखदेख समाचार प्रभावः विद्यार्थीबाट अशुलेको रकम फिर्ता गर्न निर्देशन
रेखदेख समाचार प्रभाव
प्रवीर ददेल
बैशाख ३१, रुकुम ।
सामुदायिक विद्यालयहरुले विद्यार्थीबाट लिएको शुल्क फिर्ता गर्न मुसीकोट नगरपालिकाले पत्राचार गरेको छ । नगर शिक्षा समितिको 
२०७६ बैशाख १८ गतेको निर्णयले सामुदायिक विद्यालयहरुले विद्यार्थीबाट लिएको भर्ना बापतको शुल्क फिर्ता गर्न परिपत्र गरेको हो ।
परिपत्रमा ‘केही सामुदायिक विद्यालयहरुले शैक्षिक सत्र २०७६ मा विद्यार्थीहरुबाट भर्ना शुल्क लिएको अनुगमनबाट पाएकोले शुल्क लिने विद्यालयहरुले सम्वन्धीत विद्यार्थी तथा अभिभावकहरुलाई रकम फिर्ता गर्न आग्रह गरिएको छ ।’ पत्रमै भनिएको छ, ‘सामुदायिक विद्यालयहरुमा अति आवश्यक भइ नगरपालिका समक्ष शिक्षक तथा आर्थिक व्यवस्थापनको लागि अनुरोध भई आएमा आवश्यक पहिचान गरी आवश्यक सहयोग नगरकार्यपालिका समक्ष अनुरोध गर्न विद्यालयहरुलाई अनुरोध समेत गरिएको मुसीकोट नगरपालिकाले जनाएको छ ।
फिर्ता गर्ने निर्णय
रुकुम पश्चिमकै जेठो विद्यालय त्रिभुवन जनता माध्यामिक विद्यालयले विद्यार्थीबाट उठाएको शुल्क फिर्ता गर्ने निर्णय गरेको छ । बैशाख १९ गते बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले विद्यार्थीबाट उठाएको भर्ना बापतको शुल्क फिर्ता गर्ने निर्णय गरेको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेमराज खड्काले भने,‘विद्यार्थीबाट उठाएको रकम फिर्ता गर्ने निर्णय गरो छौं ।’
विद्यालयलाई आवश्यक शिक्षक तलब भत्ताको लागि मुसीकोट नगरपालिकामा माग समेत गरेर विद्यार्थीबाट उठाएको शुल्क फिर्ता गर्ने निर्णय गरिएको त्रिभुवन जनता माध्यामिक विद्यालयमा प्रधानाध्यपक हरिप्रसाख खनालले जानकारी दिएका छन् ।
उनले भने, ‘विद्यार्थीहरुबाट शुल्क उठाउनु रहर नभएर बाध्यता भएको बताएका छन् ।’ स्थानीय सरकारले सामुदायिक विद्यालयको भौतिक पूर्वाधार र प्रयाप्त शिक्षक दरबन्दी नहुँदा विद्यार्थीबाट शुल्क उठाउनु परेको प्रधानाध्यपक खनाले बताए । उनले भने, ‘शिक्षक अभिभावक संघको भेला गरी रकम फिर्ता गरिनेछ । ’
त्रिभुवन जनता माध्यामिक विद्यालयले गत बैशाख ३ गते बसेको शिक्षक अभिभावक संघकको बैठकले भर्ना शुल्क वापतको रकम निर्धारण गरी अशुल्ने निर्णय गरेको थियो । त्रिुभुवन जनता मा.वि. भर्ना हुन आउँने विद्यार्थीलाई निःशुल्क भर्ना गर्न समेत थालेको छ । यसअघि कक्षा ६ र ७ रु. १ हजार, कक्षा ८ मा १ हजार १ सय र कक्षा ९ र १०मा १ हजार तीन सय रुपैयाँ अशुलेको थियो ।
त्यस्तै मुसीकोट नगरपालिका ४ वटा सामुदायिक विद्यालयहरुले भर्ना शुल्क बापतको रकम अशुल्ने गरेका थिए । त्यस्तै मुसीकोट नगरपालिका ५ स्थित यमुनानन्द नमूना माध्यािमक विद्यालयले पनि शुल्क फिर्ता गर्ने जनाएको छ । हामीले निर्णय गर्न पाएका छैनौं, छिट्टै शिक्षक अभिभावक तथा विद्यालय व्यवस्थापन समितिको बैठक गरी रकम फिर्ता गर्ने विद्यालयका प्रधानाध्यपक दामोदर गौतमले जानकारी दिएका छन् । विद्यालयले ६–८ कक्षाका लागि ४ सय र ९ र १० कक्षाको लागि ५ सय रुपैयाँ शुल्क अशुलेको थियो । उता पशुपति मा.वि. रातामाटाले भने विद्यार्थीबाट शुल्क नउठाएको जिकीर गरेको छ । प्रधानाध्यापक दामोदर शर्माले विद्यालयले अभिभावकहरुबाट स्वछिक रुपमा चन्दा उठाएको बताए । हामीलाई कुनै परिपत्र पनि नआएको बताए ।
बालकल्यान मा.वि. झुल्खेतले पनि नगरपालिका विद्यालयको समस्या हल गरिदिए शुल्क फिर्ता गर्ने बताएको छ । उता सानीभेरी गाउँपालिका भने सामुदायिक विद्यालयले उठाएको रकमको बारेमा छानविन गरी रहेको बताएको छ । रेखदेख साप्ताहिकको बर्ष ५ अंक २२, २०७६ बैशाख १६ गते ‘सरकारी विद्यालयमै चर्को शुल्क’ शिर्षकमा समाचार प्रकाशन गरेको थियो ।

