मुसीकोट नगरपालिका जेठ २१मा छुवाछुतमुक्त नगर घोषणा

रुकुम (पश्चिम)को मुसीकोट नगरपालिकालाई छुवाछुत मुक्त नगर घोषणा गरिने भएको छ ।  छुवाछुत मुक्त नगर घोषणा गर्नका लागि आवश्यक पर्ने मापदण्ड पुरा गरि नगरपालिकालाई आगामी जेठ २१ गते छुवाछुत मुक्त नगर घोषणा गरिने भएको हो ।

गत बैशाख २७ गते बसेको नगर कार्यपालिकाको ३८औं बैठकले आगामी जेठ २१ गते भित्र छुवाछुत मुक्त नगर घोषणा गर्ने निर्णय गरेको थियो ।

सोहि निर्णयलाई मध्यनजर गरि नगरपालिकामा सबै दल सम्बद्ध दलित अगुवा नेता तथा कार्यकर्ता, पत्रकार एबं सरोकारवालासँग छलफलमा आगामी ५ गतेदेखि १५ गतेभित्र नगरपालिकाका १४ वटै वडाहरुमा छुवाछुत मुक्त नगर घोषणाका लागि आवश्यक मापदण्ड पुरा गर्न बिभिन्न कार्यक्रम सञ्चालन गर्ने र जेठ २१ गते नगरपालिकालाई छुवाछुत मुक्त घोषणा गर्न सहभागिले सुझाब दिनुका साथै उनिहरुले सहयोगका लागि प्रतिबद्धता गरेपछि जेठ २१ गते छुवाछुत मुक्त नगर घोषणा गर्ने पक्का भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *