आठविसकोटमा जीप दुर्घटना, वडाध्यक्ष सहित ८ जना घाईते
बैशाख ३०, रुकुम ।
रेखदेख संवाददाता
आठविसकोट नगरपालिका दाँजेबाट राडी आउँदै गरेको जीप दुर्घटना भएको छ । आठबिसकोट नगरपालिका वडा न.८ दाजे बाट राडी आउदै गरेको ग.१ ज. ६०४० नम्बरको जिप आठविसकोट नगरपालिकाको वडा न. ७ औल साउने खोला नजीक दुर्घटना भएको हो । दुर्घटनाबाट आठबिसकोट नगरपालिका वडा न.७ का वडा अध्यक्ष नवराज बुढा लगायत ८ जना घाईते भएका छन् । घाइतेहरु सबैलाई नेपालगन्ज रिफर गरिएको जनाएको छ । गाडि आईतबार दुर्घटना भएको हो ।
घाईतेहरुको विवरणः
१) नवराज बुढा
२)भिम बहादुर आर सि
३) खिम ब बुढा
४)प्रजित बुढा
५)विशाल बोहरा
६)भुपेन्द्र बोहरा
७) दिपक बोहरा
८) हरि ब बुढा (गाडी चालक)

