पत्रकार महासंघले दलित पत्रकारको राष्ट्रिय सम्मेलन पाल्पामा गर्ने
काठमाडौँ — नेपाल पत्रकार महासंघको दलित समितिले राष्ट्रिय दलित पत्रकार सम्मेलन गर्ने निर्णय गरेको छ । आइतबार बसेको बैठकले जेठ २४ र २५ गते पाल्पामा सम्मेलन गर्ने निर्णय भएको समितिका संयोजक मधु शाहीले जानकारी गराइन् । महासंघका अध्यक्ष गोविन्द्र आचार्य, महासचिव रमेश विष्ट, सचिव रेम विश्वकर्मा, उदय जिएमको विशेष उपस्थितिमा बसेको बैठकले पाल्पाको तानसेन नगरपालिकामा सम्मेलन गर्ने निर्णय गरेको हो ।
पत्रकार महासंघ पाल्पा शाखाको आतिथ्यमा हुने दलित पत्रकारको राष्ट्रिय सम्मेलनमा महासंघका ७७ वटै शाखा र १० वटै प्रदेशका प्रतिनिधिको सहभागी हुने बताइएको छ
।
।

