रुकुममा जीप दुर्घटनामा १ को मृत्यु ५ घाईते

 रुकुममा बस जिप दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ। रुकुम पश्चिमको मुसीकोटबाट रुकुमपूर्वको सिस्ने गाउँपालिका ७ सिस्नेरीतर्फ जाँदै गरेको लु १ ज १७८१ नम्बरको जिप दुर्घटना हुँदा सिस्ने ८ भुरुंगाकी ९ महिने निर्जला रावलको मृत्यु भएको हो। जिप रुकुम पूर्वको सिस्ने गाउँपालिका ८ झिमखोलामा दुर्घटना भएको हो।

दुर्घटनामा पाँचजना घाइते भएका छन्। निमित्त जिल्ला प्रहरी प्रमुख प्रहरी निरीक्षक वीरबहादुर सुनारका अनुसार  मृतक निर्जलाकी आमा २४ वर्षीया रमिता रावल र जिप चालक सिस्ने ८ भुरुंगाका २५ वर्षीय राजन बोहरा,  सिस्ने ८ का १७ वर्षीय मोहन चन्द, सिस्ने ७ की १७ वर्षीया ज्ञानु रेउले र सोही ठाउँकी १६ वर्षीया ईश्वरी गौतम घाइते भएका छन्।

जिप सडकबाट करिब तीन सय मिटर तल खसेको निमित्त प्रहरी प्रमुख सुनारले जानकारी दिए। चालक गम्भीर घाइते भएकाले दुर्घटनाको कारण खुल्न नसकेको  उनको भनाइ छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *