रुकुमकोटमा सिलाईकटाई तालिम
बिक्रम परियार
(रुकुम पुर्ब ) रुकुमकोट ।
रुकुम पुर्बमा सिलाईकटाई तालिम सञ्चालन गरिएको छ । घरेलु तथा साना उद्योग द्वारा रुकुम पुर्बको रुकुमकोटमा तालिम सञ्चालन गरिएको हो । तालिम बैसाख ७ गतेदेखि असाढ मसान्तसम्म सञ्चालन हुने घरेलु तथा साना उद्योग बिकास समिति रुकुम पुर्ब प्रमुख नगेन्द्र प्रशाद नेपालले जानकारी दिएका छन् ।
कार्यक्रम उदघाटन सिस्ने गाउँ कार्यपालिका सदस्य भद्रि थापाले ब्यानर पढेर गरेकी थिईन् । करिब तीन महिनासम्म चल्ने सिलाइकटाइ तालिममा सिस्ने गाउपालिका पाँच रुकुमकोटबाट दलित महिला १२ जनालाई उपस्थित गराइएको छ । साना उद्योगद्वारा महिलाहरुको सीप बिकासका लागि सिलाइसमन्धि मेसिन र सम्पुर्ण सामानहरु उपलब्ध गराइएको कार्यालय प्रमुख नगेन्द्र प्रशाद नेपालले जानकारी दिए ।
उदघाटन कार्यक्रममा उद्यम विकास सहजकर्ता तारा नेपालीले स्वागत मन्तब्य राखेको जनाएको छ । तालिम तीन महिने तालिमले महिलाको जीवनस्तर परिवर्तनका साथै आत्मनिर्भरको लागि सहयोग पुग्ने अपेक्षा राखिएको छ ।

