रुकुम पूर्वका स्थानीयले बुझाए ५६ थान हतियार

बिक्रम परियार
रुकुमकोट
रुकुम पूर्वमा ५६ थान हतियार संकलन गरिएको छ । रुकुम पूर्वको पुथाउत्तरगंगगा गाउँपालिका बाट ४४ सिस्ने गाउँपालिकाबाट ११ र भुमे गाउँपालिका १ बाट थान गरी जम्मा ५६ थान हतियार संकलन भएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिएका छन् । उनका अनुसार २०७५ मंसिर १३ गते देखी बैशाख ५ गते सम्मको अवधिमा ५६ थान हतियार संकलन गरिएको हो ।
रुकुम पूर्वलाई अबैध हतियार मुक्त जिल्ला बनाउने अभियान अन्र्तगत स्थानीयले ५६ थान भरुवा बन्दुक बुझाएको जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ । यसअघि पनि रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको १ र २ वडाबाट ५५ थान हतियार संकलन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *