रुकुमका पत्रकार पनि आन्दोलनमा
रेखदेख संवाददाता ।
विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ को खारेजीको माग गदै पत्रकार महासंघ आन्दोलनमा उत्रिएको छ । विहिबार नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयको निर्देशन अनुसार ७७ जिल्लामा पत्रकार महासंघले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् ।
पछिल्लो समय पत्रकारहरुलाई समाचार लेखैकै कारण विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ प्रयोग गरेर मुद्दा लगाएको भन्दै पत्रकार महासंघले खारेजीको माग गरेको हो । आज विहान बिहान ९ः ३० बजे देखि १०ः३० बजे सम्म एक घण्टा जिल्ला प्रशासन कार्यालय रुकुममा धर्ना दिइएको हो ।
पछिल्लो समय सामाचार लेखेकै कारण ताण्डव साप्ताहिक र ताण्डव न्यूज डटकमका सम्पादक अर्जुन गिरी पक्राउ पक्राउ परेका छन् । प्रहरीले पत्रकार गिरीलाई २ वैशाखमा पक्राउ गरेको थियो । गिरीले २२ चैतमा व्यापारिक समूह बतास अर्गानाइजेसनका सञ्चालक बीपेन्द्रराज बतासको ठगीबारे समाचार प्रकाशित गरेका थिए । पक्राउ परेका पत्रकारहरुलाइ बिना सर्त रिहाकाे माग समेत गरिएकाे छ ।

