विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ को खारेजीको माग राख्दै आन्दोलनमा

रेखदेख । विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटकपटक पक्राउ गर्ने क्रम बढेकोले उक्त दफाको खारेजीको माग राख्दै नेपाल पत्रकार महासंघले देशभर आन्दोलन गर्ने निर्णय गरेको छ । पत्रकारलाई विद्युतीय कारोबार ऐन उक्त दर्फा अन्तर्गत पटकपट पक्राउ गरी निर्वाध प्रेस स्वतन्त्रता उपभोगमा अवरोध खडा गर्दै प्रेस स्वतन्त्रतालाई निस्तेज बनाउने काम बढेपछि महासंघ आन्दोलन गर्न बाध्य भएको जनाएकाे छ ।

जस अन्तर्गत बुधबार  विद्युतीय कारोबार ऐनको दर्फा ४७ र ४८ को खारेजी एवं पत्रकार अर्जुन गिरीसहित पक्राउ गरिएका पत्रकारको बिनाशर्त रिहाईको माग गर्दै विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत प्रचार प्रसार गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै भोलि बैशाख ५ गते विहान ९ः३० देखि १०ः३० बजेसम्म नेपाल पत्रकार महासंघका जिल्ला शाखामार्फत देशका सबै जिल्लामा १ घण्टा धर्ना बस्ने र महासंघ केन्द्रीय समितिले गृह मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत विरोधपत्र बुझाउने कार्यक्रम तय गरिएको छ । यसपछिका थप कार्यक्रम महासंघको भोलि बस्ने उपलब्ध केन्द्रीय समिति बैठकले तय नेपाल पत्रकार महास‌घले जानकारी दिएकाे छ । महासंघ सबै जिल्ला शाखा तथा पत्रकार एवं सञ्चारमाध्यमहरुमा घोषित कार्यक्रमलाई सफल पार्न  समेत पत्रकार महास‌घका महा सचिव रमेश बिष्टद्धारा हस्ताक्षर बिज्ञप्ती मार्फत  आ≈वान  गरिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *