रुकुममा पाठ्यपुस्तक खरिदमा ढिलाई

प्रवीर ददेल
चैत २७, रुकुम । पठ्यपुस्तक खरिदको पैसा विद्यालयले पाउन सकेका छैनन् । स्थानीय तहहरुले पाठ्यपुस्तक खरिदको लागि विद्यालयलाई बजेट निकासा ढिला गर्दा पाठ्यपुस्तक खरिदमा ढिला भएको हो ।
नयाँ शैक्षिक सत्र २०७६ सुरु हुन लाग्दा सम्म पाठ्यपुस्तक खरिदको लागि पैसा निकासा नहुँदा पाठ्यपुस्तक खरिदमा समस्या भएको विद्यालयहरुले जानकारी दिएका छन् ।
मुसिकोट नगरपालिका १३ स्थित श्री महेन्द्र मा.वि. छिवाङ्गका शिक्षक टेकबहादुर ओलीका अनुसार–‘नगरपालिकाले रकम निकासा दिएपछि पाठ्यपुस्तक खरिद गर्ने जनाए ।’ स्थानीय तहले पाठ्यपुस्तक खरिदको लागि रकम निकास नदिदा नयाँ शैक्षिक सत्र सुरु हुँदा सम्म पनि पाठ्यपुस्तक खरिदमै टुंगो छैनन् । ‘बजेट निकासा नहुँदा पाठ्यपुस्तक खरिदमा समस्या भएको छ ।’
अब भर्ना अभियान सुरु हुन थाल्यो, तर पैसा निकासा नहुँदा किताब खरिदमा अन्योल बनेको राप्ती मा‍‍‍बि का शिक्षकले जानकारी दिएका छन् ।
गत वर्षहरुमा जिल्ला शिक्षा कार्यालय मार्फत समयमा पाठ्पुस्तक खरिदको लागि विद्यालयको खातामा पैसा जम्मा भएपनि यो वर्ष भने अझै पैसा जम्मा हुन सकेको छैनन् ।
स्थानीय तहरुले पाठ्यपुस्तक खरीदका लागि समयमा बजेट निकासा नगर्दा बिद्यार्थीको हातमा समयमै पाठ्पुस्तक नपुग्ने भएको हो ।  पाठ्यपुस्तक खरिदका लागि फागुनको पहिलो साताभित्र बिद्यालयको खातामा पैसा निकासा दिनु पर्ने भएपनि अझै विद्यालयको खातामा पैसा जम्मा नभएको भन्दै विद्यालयहरुले गुनासो गरेका छन् ।
जिल्ला शिक्षा बिकास इकाईका प्रमुख लालबहादुर घर्तिका अनुसार एक दुई दिन भित्र सबै स्थानीय तहको रकम विद्यालयको खातामा जम्मा भईसक्ने जनाए ।
जिल्ला शिक्षा कार्यालय रुकुम पश्चिमका अनुसार रुकुम आधारभुक्त देखी माद्यामिक सम्म रुकुमका पूर्व र पश्चिममा जम्मा ४ सय ४ वटा विद्यालय रहेका छन् । जसमध्ये रुकुम (पूर्व) मा १ सय १६ र रुकुम (पश्चिम) मा २ सय ८८ वटा विद्यालय रहेका छन् । माध्यमिक तह सम्म जम्मा ७० हजार ७ सय २७ विद्यार्थी रहेका छन् । गत वर्ष पाठ्यपुस्तक खरिदका लागि झण्डै साँढे दुई करोड रुपैयाँ विनीयोजित गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *