गुडिरहेको बसमा आगलागी

जगतदल जनाला बिक

चैत २ सुर्खेत ।  गुडिरहेको यात्रुबहाक बसमा विद्युतको तार सर्ट हुँदा आगलागी भएको छ । सुर्खेतबाट कालिकोट जाँदै गरेको बसमा शनिबार दिउँसो आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बा४ख ८७८ नम्बरको बसमा कर्णाली राजमार्गको हुड्के खण्डमा आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी प्रदीपबहादुर क्षेत्रीले आगलागीबाट मानवीय क्षति नभएको बताए ।  ‘यात्रुहरु समयमै झर्न सकेकाले मानवीय क्षति भएको छैन’ उनले भने,‘बसमा क्षति पुगेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *