चौरजहारीमा केटाकेटी देखी सांसद सम्म उफ्री उफ्रि नाँचे ?

गोपालसिह खड्का
रेखदेख चाैरजहारी । रुकुम पश्चिमको चौरजहारीमा सञ्चालन भईरहेको प्रथम बृहत् चौरजहारी महोत्सवको साँतौदिनमा बालकदेखि सा‌सदसम्मकालाई गायक तिलक परियारले नचाएका छन्।
फागुन ७ गते उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री मातृकाप्रसाद यादव एवम् रुकुुम पश्चिमका प्रतिनिधि सभा सदस्य तथा पुर्व गृहमन्त्री जनार्दन शर्माले उद्घाटन गरिएको महोत्सवमा तिलक परियारले गाएको टप्पा गीत रिम्ना दोभान र सगालैको बारीमा तोरी हरियो लगाएका गीतले सबैलाई नचाएको हो ।
तीलक परियारले सगालको बारेमा तोरी हरियो गित गाउँदा साना बालक देखि चौरजहारी नगरपालिका कार्यकारी ताराबहादुर कँवर, ईन्जिनियर उज्जल गिरी कार्यालयका कर्मचारीहरु नगरपालिका उपमेयर राधा रोका, मेयर विशाल शर्मा, लगाएत रुकुम पश्चिम कर्णाली प्रदेश सभासद देवी ओली मञ्चमा कम्मर र्मकाएर नाचिरहेका थिए।
उद्योग बाणिज्य संघको आयोजनामा प्रथम बृहत् चौरजहारी महोत्सव कृषि प्राकृतिक सम्पदा कला संस्कृतिको संरक्षण उद्योग व्यापार सँगै पर्यटन प्रवर्द्धन हाम्रो अभियान ,आत्मनिर्भर एकता र समृद्ध नगरको निर्माण चौरजहारी नगरबासीको पहिचान भन्ने मुलनारा सहित चौरजहारीमा महोत्सब सञ्चालन भैरहेको छ ।
महोत्सवमा उठेको रकमबाट उद्योग बाणिज्य संघको भवन निर्माण गर्ने उद्योग बाणिज्य संघ चौरजहारीका अध्यक्ष एवम् महोत्सव आयोजक कमिटी संयोजक प्रेम सुनारले बताए । महोत्सवमा जन गायक जीवन शर्मा, गायिका सम्झना भण्डारीसँगै युनिक टप ग्रुग डान्स समुह लगाएका कलाकारहरुले आफ्नो प्रस्तुति देखाएका थिए। आज भद्रगोल शृङ्खलाका हास्यकलाकार कुमार कँट्टेल (जिग्री ) अर्जुन घिमिरे (पाँडे) गायक किरणबाबु पुन लगाएतको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *