जर्नादन शर्मा मन्त्री बन्ने हल्ला मात्रै !

रेखदेख संवाददाता ।
फागुन १३, रुकुम ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्य एवं कर्णाली प्रदेश ईन्चार्ज जनार्दन शर्माले आफू मन्त्री बन्न लागेको भन्ने समाचार हल्ला भएको भन्दै असन्तुष्टि जनाएका छन् ।

हालै शर्मा गृहमन्त्री बन्न लागे भनेर संचार माध्यम र सामाजिक संजालमा चर्चा चलीरहेको बेला सामाजिक सञ्जाल फेसबुक मार्फत उनले आफ्नो धारणा सार्वजनिक गरेका हुन । नेता शर्माले आफू संघीयता कार्यान्वयनको एजेण्डाप्रति सचेततापूर्वक लागेको तर, मन्त्री बन्ने होडमा नरहेको स्पष्ट पारेका छन् ।

‘संघीयता कार्यन्वयनको एजेण्डाप्रति सचेततापूर्वक लागेको कुरा बाहेक अन्य पद खोज्दै नहिँडेको र योजना नबनाएको स्पष्ट गर्दछु’, शर्माले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘चासो चिन्ता भएका व्यक्तिहरूले मन्त्री नियुक्ति गर्ने र बर्खास्ती गर्ने सम्बन्धी निकाय वा मेरो नाम प्रयोग गरी समाचार बिकाउन मेहनत गर्नेहरूसँग सिधै सम्पर्क गर्न अनुरोध गर्दछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *