‘विवाहको सबै खर्च विद्यालयमा’

प्रविर ददेल
फागुन १३, रुकुम । बिहानको ११ ः ३० बजेको थियो । जिल्ला सदरमुकाम मुसीकोट स्थित सरस्वती माध्यामिक बिद्यालय सल्लेका विद्यार्थी तथा शिक्षकहरु प्राङगनमा बसीरहेका थिए । सधैजसो कक्षा कोठामा देखिने शिक्षक(विद्यार्थी पढ्ने पढाउने मुडमा थिएनन् । विद्यालयमा मञ्च निर्माण गरिएको थियो । केही स्थानीय र पत्रकार पनि त्यहाँ पुगेका थिए ।
सामान्य ध्वजापतकाले सजिएको बिद्यालयमा तडकभडक थिएन् । आधा घण्टा पछि सल्ले निवासी नरेन्द्र विक विद्यालयमा पुगे । विद्यालयमा शिक्षक विद्यार्थीहरुले केही चाँजोपाजो मिलाउदै थिए । बेञ्चमा शैक्षिक सामाग्री तयारी अवस्थामा राखिएको थियो । केही छिनमै खोटाङ जिल्ला दिक्तेल नगरपालिका( ७ निवासी रिना राई केही आफन्तहरुको साथमा विद्यालयमा पुगीन् । विद्यालयमा पुग्ने वितिकै विद्यार्थीहरुले तालि बजाएर स्वागत गरे । त्यसपछि नरेन्द्र र रिना मञ्चतिरै लागे । उनीहरु मञ्चमा पुगेको केही छिनमा नेपालको राष्ट्रिय गान बज्यो । त्यसपछि सबै जना जुरुक्कै उठेर राष्ट्रिय गानमा सरिक भए ।
राष्ट्रिय गान सकिएको केही छिनमै नरेन्द्र र रिना जुरुक्कै उठे एकले अर्कालाई बरमाला पहिराए । झट्ट सुन्दा फिल्म र नाटक जस्तै लाग्ने यो दृष्य आइतबार सल्ले स्थित सरस्वती माध्यामिक विद्यालयको प्राङगनमा देखिएको दृष्य हो ।
न त पञ्चैबाजा घन्कीएका थिए । नत साउण्ड सिस्टममा गित बीना तडकभडक सामान्य अवस्थामै नरेन्द्र र रिनाबीच आईतबार प्रगतिशिल विवाह भएको छ ।
नरेन्द्र विकले आफूले अ,आ, क, ख सिकेको विद्यालयमै विवाह गर्ने र विबाहमा लाग्ने सबै खर्च शिक्षा क्षेत्रमा लगानी गर्ने निधो गरेपछि विद्यालयले विवाहको आयोजना गरेको हो ।
नरेन्द्रले आफूलाई अक्षर चिनाउने गुरुलाई समेत विवाहको अवसरमा सम्मान समेत गरेका छन् । उनीले आफ्नो विवाह खर्च रु. ५ लाख रुपैयाँ शिक्षा क्षेत्रमा लगानी गरेको उनको पारिवारिक स्रोतले जनाएको छ । बिबाहमा भोज भत्तेर खुवाएर सक्नु भन्दा वालवालिकाको शिक्षामा सहयोग गर्ने भन्दै विक र राईले शिक्षा लगानी गरेको बताएका छन् । उनीहरुले आफ्नो विवाह खर्चबाट सरस्वती मावि सल्लेमा नगद १ लाख ५१ हजार रुपैयाँ, ५० हजार रुपैयाँ बराबरको शैक्षिक सामाग्री (कापी कलम र डायरी) र ५० हजार रुपैयाँ बराबरको जीवन उपयोगी पुस्तकहरु हस्तान्तरण गरिएका छन् । त्यस्तै जलजला मावि थवाङ रोल्पालाई १ लाख रुपैयाँ हस्तान्तरण गरेका हुन् । यसका साथै शहिदकी छोरी सिजमाया घर्ति, असाह्य हेमुमारी पुन र दलित तथा विपन्न विद्यार्थी वालकेश नेपालीलाई उच्च शिक्षाको लागि जनही ५० हजारका दरले नगत रु. १ लाख ५० हजार रुपैयाँ हस्तान्तरण गरेको नरेन्द्रका बुवा फत्यसिंह नेपालीले बताए । उनले भने, ‘छोरा बुहारीको चाहाना अनुसार बिबाहमा लाग्ने सबै खर्च शिक्षा क्षेत्रमा लगानी गरेको जनाए ।’
पछिल्लो समय विवाह खर्चिलो र भडकिलो भैरहेको अवस्थामा यो जोडिले विवाहमा लाग्ने खर्च शिक्षा क्षेत्रमा लगानी गरेर उदाहरणीय जोडि बनेको श्री सरस्वती माध्यामिक विद्यालयमा शिक्षक अम्बीका पुनले बताईन् । दुलाह बि.क. विप्लव निकट नेपाल कम्युनिष्ट पार्टी नेकपाका रुकुम (पूर्व) का सेक्रेटरी हुन् । प्रगतिशिल विवाहमा नेकपाका केन्द्रिय सदस्य चिरण पुन (मिलन) दलित मुक्ति मोर्चाका केन्द्रिय उपाध्यक्ष एवं पूर्व सभासद् सीता विक (सम्झना) राष्ट्रिय दलित आयोगका पूर्व अध्यक्ष मानबहादुर नेपाली, लगायत जनप्रतिनिधि, स्थानीयबासी र शिक्षक विद्यार्थीको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *