पूर्व (माओवादी केन्द्र) मुसीकोट नगर कमिटीमा विवादः अध्यक्ष दलबहादुर र उपाध्यक्ष धनबहादुरका छुट्टा छुट्टै बिज्ञप्ति

माओवादीको मुसिकोट समिति जनार्दन तिरः अध्यक्ष दलबहादुर खड्का

रेखदेख संवाददाता
कार्तिक २९, रुकुम । नेकपा (माओवादी केन्द्र) साविक नेपाली कम्युनिष्ट पार्टी मुसीकोट नगर कमिटीमा विवाद देखिएको छ । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनसमाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, विप्लव विभाजित नेकपा, नेकपा समाजवादी, नेकपा (माओवादी समाजवादी), नेकपा (सम्यवादी), र गोपाल किराँतीको नेतृत्वमा रहेको देशभक्त समाजवादी मोर्चा लगायत समावेश भएर नेपाल कम्युनिष्ट पार्टी बनेपछि र नेकपा माओवादी केन्द्रका उप महासचिव तथा रुकुम पश्चिमका पूर्व प्रतिनिधी सभा सदस्य जर्नादन शर्माले प्रगतिशिल अभियानको घोषा्णा गरेसँगै यसको असर जिल्ला, नगर र वडा कमीटीमा समेत पर्न थालेको छ । मुसीकोट नगर कमिटी अध्यक्ष दलबहादुर खड्का र उपाध्यक्ष धनबहादुर खड्काले शनिवार छुट्टा छुट्टै विज्ञप्ती निकालेका छन् । नेकपा (माओवादी केन्द्र) मुसीकोट नगर कमिटीका अध्यक्षले हस्ताक्षर बिज्ञप्तीमा पार्टी एकतामा सामेल नहुने भन्दै पुष्पकमल दाहाल प्रचण्डबाट अलग भएको जनाएका छन् । विज्ञप्तिमा सिङ्गो नगर कमिटी नै जनार्दनको अभियानमा लाग्ने उल्लेख गरिएको छ ।
प्रचण्डले माओवादी विचार र दृष्टिकोण बिर्सजन गरी नाम मात्रको कम्युनिष्टको नाटक मञ्चन गरेकाले एकता प्रक्रियामा नजाने र जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियानमा समाहित हुने मुसीकोट नगर समितिको पदाधिकारी बैठकले निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । यो नगरपालिका जनार्दन शर्माको गृह नगर हो ।
पार्टीका नगर समिति अध्यक्ष दलबहादुर खड्काले एक प्रेस विज्ञप्ति जारी गर्दै प्रचण्डले आफू बस्ने झुपडी आगो लगाएर बहुरङ्गी घरमा सरेको भन्दै त्यसले जनयुद्वको अपमान भएकोले जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियानमा समाहित भएर भ्रष्टाचारविरूद्व अभियान चलाउने विज्ञप्तिमा उल्लेख गरेका छन् ।

पार्टीको छाप र लेटर प्याड दुरुपयोगः उपाध्यक्ष धनबहादुर खड्का
नेपाली कम्युनिस्ट पार्टी साबिक नेकपा माओवादी केन्द्रका रुकुम पश्चिम मुसिकोट नगर समितिका उपाध्यक्ष धनबहादुर खड्का वसन्तले पार्टीको छाप र लेटर प्याड दुरुपयोग गरेर अध्यक्ष दलबहादुर खड्काले सिङ्गो नगर समिति जनार्दन पक्षमा रहेको विज्ञप्ति जारी गरेपछि खड्काले बैठक नै नगरी छाप र लेटर प्याड दुरुपयोग गरेको विज्ञप्ती निकालेका छन् । अध्यक्ष खड्काको नाममा आज जारी गरिएको प्रेस विज्ञप्तिको सम्बन्धमा ध्यानाकर्षण भएको उपाध्यक्ष खड्काले बैठक छलफल विना मुसिकोट नगर समिति अध्यक्षले पार्टीको लेटर प्याड र छापको दुरुपयोग गरी मुसिकोटको सिङ्गो नगर कमिटी पार्टी एकता प्रक्रियामा नगएको भनेर झुटको खेती गरेको विज्ञप्तीमा निकालेका छन् । नगर समितिको बैठक नै नबसी अध्यक्षले मात्र सुटुक्क विज्ञप्ति लेखेर सिङ्गो नगर समितिको हवाला दिँदै पार्टीको नीति र निर्णयका विरुद्ध गरिएको गतिविधिको भ्रममा नपर्नुहुन सम्पूर्ण पार्टी पंक्ति र आम जनसमुदायमा हार्दिक अपिल गर्दछु, उपाध्यक्ष खड्काले जारी गरेको विप्तीमा उल्लेख गरिएको छ ।
अहिलेको विषम परिस्थितिको सन्दर्भमा हामी नगर समितिको बैठक बसेर उक्त बैठकको निर्णय अनुसार आधिकारिक धारणा सार्वजनिक गर्ने उनको भनाई रहेकको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *